२०७९ मंसिर ६, मंगलवार १३:४९

चन्द्रप्रकाश राउत (सिके) नेतृत्वको जनमत पार्टीले प्रदेशसभाबाट विजयको खाता खोलेको छ । सप्तरी २ (ख)बाट प्रदेशसभा सदस्यमा सो पार्टीका महेशप्रसाद यादव विजयी भएका छन्।

यादव आफ्ना प्रतिद्वन्द्वीभन्दा ६३०२ मत अन्तरले विजयी भएका हुन्। उनी १३३२५ मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी उमेशकुमार यादवले ७०२३ मत पाए ।

सप्तरी २ (ख)मा पनि सोही पार्टीका सतिश सिंह १४३२२ मतसहित अग्रस्थानमा छन्। जनता समाजवादी पार्टीका शैलेन्द्रप्रसाद साहले ६७४९ मतसहित सिंहलाई पछ्याइरहेका छन् । सो निर्वाचन क्षेत्रको मतगणना अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए।

हालसम्म भएको मत गणना अनुसार सप्तरी २ मा जनमत पार्टीका सिके राउत १४४६८ मत ल्याएर अग्रस्थानमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव ७२७१ मतसहित दोस्रो स्थानमा छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News