२०७९ मंसिर ७, बुधबार ०६:३०

मधेश आन्दोलनका केन्द्र बिन्दु मानिने जनकपुरधाम सहित धनुषा जिल्लामा नेकपा एमाले अग्रस्थानमा देखिएको छ । धनुषामा रहेको चार वटा प्रतिनिधिसभा र आठ वटा प्रदेश सभामा अधिकांश स्थानमा एमालेनै अग्रस्थानमा देखिएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्वर १ मा एमाले– जसपा गठबन्धनका उम्मेदवार दीपक कार्कीले २६०२ मत प्राप्त गरी पहिलो स्थान हासिल गर्न सफल भएका छन् भने राप्रपाका मनोजकुमार मल्लले २१३० र पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले १७६३ मत प्राप्त गरी दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को (क) मा नेपाली कांग्रेसका संजयकुमार महतो १०४८ मत सहित अग्रस्थानमा रहेका छन् भने राप्रपाका पर्शुरामकुमार ९२३ र जनमतका व्रम्ह्देव महतो ८८१ मत सहित दोस्रो र तेस्रो स्थानमा छन् । निर्वाचन क्षेत्र नम्वर १ को (ख) मा एमालेका रामचन्द्र मण्डल १५५९ मत सहित अग्रस्थानमा छन् भने लोसपाका संजयकुमार सिंह १३१३ र जनमतका सरेन्द्रकुमार मण्डल १२०८ मत सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

निर्वाचन क्षेत्र नम्वर २ मा नेकपा एमालेका उमाशंकर अरगरिया ५१२४ मत सहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका रामकृष्ण यादव ४८७४, जनता समाजवादी पार्टी (जसपा)का आनन्द यादव ४०८९ सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । निर्वाचन क्षेत्र नम्वर २ को प्रदेश सभा (क) तर्फ जनमतका दिपेन्द्रकुमार तेयवार १६९४ मत सहित अग्रस्थानमा छन् भने नेकपा एमालेका लखन दास ततमा १२१९ र नेकपा एसका रामनारायण साह ११०३ मत सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । त्यस्तै प्रदेशसभाको (ख) तर्फ माओवादी केन्द्रका श्यामकुमार यादव १५५५ मत सहित पहिलो स्थानमा छन् भने जसपाका रामअशिष यादव १५३० र एमालेका संजीवकुमार झा (सुरज) १५०९ मत सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्वर ३ मा पनि नेकपा एमालेका उम्मेदवार जुली कुमारी महतो ७५४४ मत सहित अग्रस्थानमा छन् भने लोसपाका अनिलकुमार झा ६१६० र जनमतका ई. शम्भूनाथ साह २१०१ मत सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । प्रदेश सभा (क) तर्फ नेपाली कांग्रेसका रामसरोज यादव ६८२३ मत सहित अग्रस्थानमा छन् भने जसपाका जितेन्द्रकुमार यादव ४२३० मत र जनमतका प्रसन्नकुमार झा ४०५४ मत सहित दोस्रो र तेस्रो स्थानमा रहेका छन् । धनुषा निर्वाचन क्षेत्र नम्वर ३ को प्रदेश सभा (ख) तर्फको मतगणना अहिले सम्म शुरु हुन सकेको छैन् ।

धनुषा निर्वाचन क्षेत्र नम्वर ४ मा पनि एमालेनै अग्रस्थानमा देखिएको छ । नेकपा एमालेका सचिव तथा धनुषा निर्वाचन क्षेत्र नम्वर ४ का उम्मेदवार रघुवीर महासेठले १०७३ मत सहित अग्रस्थानमा छन् भने नेपाली कांग्रेसका सह–महामन्त्री तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव ८७९ मत सहित दोस्रो स्थानमा रहेका छन् ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News