२०७९ मंसिर ७, बुधबार ०८:२२

जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव आज देखि प्रारम्भ भएको छ । ।विवाहपञ्चमीलाई मध्येनजर गर्दै जानकी मन्दिरलाई भव्य रुपमा सजाईएको छ ।

प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो ।

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच भएको विवाह स्मरण गर्दै प्रत्येक वर्ष जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबार नगरदर्शन गरी प्रारम्भ हुनेछ । सात दिनसम्म विधिवत् रूपमा मनाइने विवाहपञ्चमीमा प्रत्येक दिन विवाहका विधिहरू गर्ने गरिन्छ ।

विवाहपञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन मङ्सिर ७ गते बुधबार नगरदर्शन, दोस्रो दिन मङ्सिर ८ गते बिहीबार फूलबारी लीला, मङ्सिर ९ गते शुक्रबार धनुष यज्ञ, चौथो दिन मङ्सिर १० गते शनिबार तिलकोत्सव, मङ्सिर ११ गते आइतबार मटकोर र मङ्सिर १२ गते सोमबार रामसीता स्वयम्बर तथा विवाह कार्यक्रम हुनेछ । सप्ताहव्यापी विवाह महोत्सवको अन्तिम दिन मङ्सिर १३ गते मङ्गलबार रामकलेवा गरी जन्ती बिदा गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् सम्पन्न हुनेछ ।

Please subscribe our official youtube channel below and support us.

Comment


Related News

Latest News

Trending News