२०७९ मंसिर ७, बुधबार १९:१०
झापा-५ बाट केपी ओली ५१ हजार ६१९ मतका साथ विजयी भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।
मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१५ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाएका छन् । उनीहरुबीच २८ हजार ५७४ मतको अन्तर रहेको छ ।


