२०७९ मंसिर ९, शुक्रबार ०७:२८

बारा  निर्वाचन क्षेत्र नं ३ मा  एमाले उम्मेदवार  ज्वालाकुमारी साह निर्वाचित भएकी छिन् ।

साहले २० हजार २५१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार रामबाबु कुमार यादवले १७ हजार २६९ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार साहले यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन् ।

बाराको ४ वटा प्रतिनिधि र ८ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा साह निर्वाचित हुने पहिलो महिला हुन् । २०७४ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रबाट बारा ३ (क) प्रदेशसभा सदस्यमा निर्वाचित भएकी साहले  बहालवाला प्रदेशसभा सदस्य पद रहँदैमा एमाले पार्टी प्रवेश गरेकी थिइन् ।

Comment


Related News

Latest News

Trending News