अपडेट 
२०७९ मंसिर ९, शुक्रबार ०९:०१

जनता समाजवादी पार्टी (जसपा)का सप्तरी जिल्ला इन्चार्ज कौशलेन्द्र यादवले राजिनामा दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको कमजोर नतिजा आएपछि उनले राजिनामा दिएका छन् । उनले मधेश प्रदेश अध्यक्षलाई राजिनामा पत्र लेखेर पदमा नबस्ने जानकारी गराएका छन् । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा लाज्जस्पद हार ब्यहोर्नु परेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारीबाट राजिनामा दिएको छु,’उनले लेखेको राजिनामा पत्रमा उल्लेख छ । उनी पार्टीको सप्तरी जिल्ला इन्चार्ज तथा मधेश प्रदेश समितिको सदस्यसमेत रहेका थिए । सप्तरीमा जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सिट रहेको सप्तरीमा जसपाले प्रतिनिधिसभामा मात्र एक सिट जितेका छन् भने प्रदेशसभामा जित्न सकेका छैनन् ।

Comment


Related News

Latest News

Trending News