प्रतिनिधि र प्रदेश सभाको सम्पन्न चुनावमा पूर्व राष्ट्रपति डा.रामवरण यादवका पुत्र डा.चन्द्रमोहन यादव, भतिजी किरण यादव, भतिजा समिर यादवमाथि अन्तरघातको आरोप लगाउँदै कारबाहीको प्रक्रिया सुरु गरिएको छ ।
पूर्व राष्ट्रपति यादव मतदान गर्न आएनन् । उनीहरुले मतदान गर्ने मतदान केन्द्रमा रुखछापमा मतदान नभएको आरोप नेकां धनुषा क्षेत्र नम्बर ४ का सभापति कुमरकान्त झाले लगाएका छन् । पूर्व राष्ट्रपतिका पुत्र डा.चन्द्रमोहन यादव र भतिजी किरण यादव ,भतिजा समिर यादवले कांग्रेसका उम्मेदवार सह–महामन्त्री महेन्द्र यादव र प्रदेश सभाका उम्मेदवार शेषनारायण यादवको विरुद्ध एमालेका प्रतिनिधि सभा उम्मेदवार रघुवीर महासेठ र जनता समाजवादी पार्टी(जसपा) का प्रदेश सभा उम्मेदवार ज्ञानेन्द्र यादवको पक्षमा मतदान गराएको आरोप लगाइएको छ । क्षेत्रीय सभापति झाले समिर यादव समेत तीन जनामाथि कारबाही गरी साधारण सदस्य समेतबाट निष्काशन गरेका छन् ।केन्द्रीय सदस्यहरुमाथि कारबाहीका लागि केन्द्रीय समितिमा सिफारिस गरिने झाले जनाए । ‘पार्टीको विधान अनुसार केन्द्रीय सदस्यहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ’ उनले भने, पार्टीको केन्द्रीय सदस्यमा रहेर घात गर्नेलाई छुट दिन सकिदैन् । प्रतिनिधिसभाको समानुपातिक तर्फ डा.यादवको नाम सिफारिस गरिएको थियो ।तर उनले त्यसबाट नाम फिर्ता लिएर अन्तरघातमा लागेको बताइन्छ ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले किरण यादवलाई केन्द्रीय सदस्यमा गत महिना मनोनयन गरेका थिए ।उनी महोत्तरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट टिकट नपाउँदा गठबन्धनका उम्मेदवार शरतसिंह भण्डारीको विरुद्ध मतदान गराएको पनि आरोप छ ।प्रदेश २ को क बाट उम्मेदवार रहेका महोत्तरी जिल्लाका सभापति नागेश्वर यादव विरुद्ध पनि उनले मतदान गराएर चुनावमा पराजित गराएको आरोप लागेको छ । कांग्रेसका युवा नेताहरुले आनन्द ढुंगाना र विमलेन्द्र निधिमाथि पनि गठबन्धनलाई धोका दिएको आरोप सामाजिक सञ्जालमा लगाउन थालेका छन् ।ढुंगाना र निधि समानुपातिक तर्फको सूचीमा पहिलो नम्बरमा रहेका छन् ।धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा ढुंगानाले गठबन्धनमा धोका दिएकै कारण प्रदेश सभामा कांग्रेसका उम्मेदवार पराजित हुने अवस्था आएको आरोप छ ।त्यसैगरी निधिले गठबन्धनका उम्मेदवारलाई कांग्रेसको मत हाल्न नलगाएको आरोप सामाजिक सञ्जालमा लगाइएको छ । तर निधिको बचाउमा पनि विभिन्न प्रकारका टिप्पणीहरु गरिएका छन् ।
Please subscribe our official youtube channel below and support us.
https://www.youtube.com/watch?v=CYDNeQF_pZo


