२०७९ मंसिर १०, शनिबार १८:१०

वीरगन्ज स्थित भारतीय महाबाणिज्य दुताबासले शनिबार बिहान साइकल रैलीको आयोजना गरेको छ ।भारतको संविधान दिवसको उपलक्ष्यमा महाबाणिज्य दुतावासले साइकल रैलीको आयोजना गरको हो ।महाबाणिज्य कार्यालयको मुलद्धार अगाडिबाट सुरु भएको साइकल रैलीको उदघाटन भारतीय महाबाणिज्य दुत नितेश कुमारले झन्डा हलाएर सुरु गर्नु भएको थियो ।बीरगन्ज महानगरपरिक्रम गर्दै इन्टिग्रेटेड चेक प्लाइन्ट पुगी फर्केर महाबाणिज्य कार्यालयमा सम्पन्न भएको थियो ।

उक्त साइकल रैलीमा भारतीय महाबाणिज्य दुतावासमा राजनैतिक कन्सुलर शैलेन्द्र कुमार लगायत महाबाणिज्य दुताबासका अधिकारी एवम कर्मचारी,स्थानिय संचारकर्मि लगायत विभिन्न निकायका समाजसेवीहरुको सहभागीता रहेको थियो ।

साथै उक्त अवसरमा भारतीय महाबाणिज्य दुताबास कार्यालयमा भारतको महाराष्ट्र नासिकका कलाकार समूहले विभिन्न आश्चर्य जनक कला प्रस्तुत गरेको थियो ।आखाबाट कुर्सि उठाउने,ठुलो डन्डीमा हिडने,ढुगा फोडने लगायत कपालमा बाधेर गाडिलाई चलाउन आश्र्यजन कलाहरु उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

यसैगरी आजादीको अमृत महोत्सव अन्तर्गत दूतावास परिसरमा १२ औं “ओपन हाउस फर कन्सुलर ‘गुनासो’कार्यक्रमको आयोजना गरिएको थियोे । नेपालमा बस्ने भारतीय नागरिकहरूको गैर–दिनचर्यामा पडने गरेको अप्ठयारोलाई समाधान गर्ने उदेश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा भारतीय नागरिकहरुले समय समयमा हुने गरेका अप्ठ्यारोबारे समाधानका लागी महाबाणिज्य दुताबासका पदाधिकारीहरु समक्ष आफ्ना गुनासाहरु राखेका थिए ।

बीरगंज स्थित शिवम प्लाइउडमा कार्यरत भारतीय नगरिकहरुले वाणिज्य दूतावासमा नाम दर्ता र दर्ता नवीकरण सम्बन्धी गुनासो सम्बोधन गराएका थिए ।

अर्को ओपन कन्सुलर हाउस आउने महिनाको अन्तिम शनिबार ३१ डिसेम्बरमा हुने महाबाणिज्य दुतावासले जनाएको छ । बाणिज्य दूतावास पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, मकवानपुर र चितवन जिल्लामा बसोबास गर्ने भारतीय नागरिकलाई यथाशीघ्र वाणिज्य दूतावासमा नाम दर्ता गराउन अनुरोध समेत गरेको छ ।

Comment


Related News

Latest News

Trending News