२०७९ मंसिर ११, आईतवार ०८:४७

जनकपुरधाममा शनिबार केण्डल मार्च गरिएको छ ।

भारतको मुम्वईमा भएको २६÷११ घटनामा शहादत प्राप्त गर्नेहरुको स्मरणमा दीप प्रज्जवलन गरी केण्डल मार्च गरिएको छ । मानवता संरक्षण मंचले शान्तिपूर्ण केण्डल मार्च निकाल्दै आजकै दिन मुम्वइको विभिन्न ठाउँमा भएको आतंकवादी हमलामा परी मृत्युवरण गरेका व्यक्तिहरुप्रति श्रद्धाभाव अर्पण गरिएको थियो । जनकपुरधाम को रेल्वेस्टेशनबाट निस्केको केण्डल मार्च जनकचोकमा गइ कोणसभामा परिणत भएको थियो । कोणसभामा मंचका संयोजक सुनिल कुमार यादवले आतंकवाद र आतंकवादी मानवताको शत्रु भएकोले यसको विरुद्ध खुलेर बोल्नुपर्ने बताए ।

नेपालमा पनि आतंकवादको गतिविधिहरु बढ्दै गएकोले समयमै सजग भइ कडा कदम चाल्न सरकारलाई उनीहरुले अनुरोध गरे । आतंकवाद विरुद्ध अन्तर्रष्ट्रिय निकायमा आवाज उठाउनुपर्ने उनीहरुले सरकारसंग माग गरे । आतंकवादको कुनै जाती र धर्म नभएकाले आतंकवादविरुद्ध सबैको साथ र सहयोगको आवश्यकता रहेको उनले बताए ।

Comment


Related News

Latest News

Trending News