२०७९ मंसिर ११, आईतवार १५:३६
नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
देशभर गरिएको ५ सय १२ पिसिआर परिक्षणका क्रममा ३ जना र ४ सय २८ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप कसैको पनि मृत्यु नभएको र थप ३८ संक्रमित निको भएका मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ सय ६३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


