चुनावको प्रतिशोधमा विद्यालयमा आगजनी गरिएको छ ।
चुनावी परिणाम घोषणा भएको एक हप्ता नबित्दै अज्ञात समूहद्धारा सामुदायिक विद्यालयमा आगजनी गरिएको स्थानीयको भनाइ छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ पाडेपुर बर्वामा रहेको एक सामुदायिक विद्यालयमा आगजनी गरिएको छ । श्री मनोकामना प्राथमिक विद्यालयमा शनिबार राति अज्ञात समूहले आगजनी गरेको प्रधानाध्यापक देवचन प्रसाद यादवले बताए । शनिबार राति विद्यालयमा लगाइएको आगोले गर्दा विद्यालय भवन भित्र रहेका सामानहरु जलेर नष्ट हुँदा ६ लाख ५० हजार भन्दाा बढीको क्षति भएको प्रअ यादवको भनाइ छ । उनका अनुसार राजनीतिक द्वेषको कारण केही व्यक्तिले गाउँमा रहेको टावर लाईट निभाएर विद्यालयको तल्चा फुटाई विद्यालय भित्र प्रवेश गरी कम्प्युटर , प्रिन्टर , टेबुल कुर्सी, कागजात , लगायतका सामग्री जलाएर नष्ट गरेका छन् । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरिसकिएको जनाइएको छ ।



