अपडेट 
२०७९ मंसिर १२, सोमबार १६:०३

नेपालमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ सय १५ पिसिआर परिक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परिक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित निको भएका छन् । हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News