२०७९ मंसिर १५, बिहीबार ०८:१८

रौतहटका अधिकांश किसानले मुख्य सडकमै धानको भारी थुपारेर राखेका कारण दुर्घटनाको जोखिम बढेको देखिएको छ ।

जिल्लाको ग्रामीण भेगदेखि लिएर शहरी क्षेत्रको समेत सडकमा नै किसानहरुले धान राख्ने गरेका कारण सवारी दुर्घटनाको जोखिम बढेको हो । किसानले सडकमै धानको भारी थुपारेर राख्दा जतिबेला पनि दुर्घटना भइ ठूलो मानवीय क्षति हुनसक्ने अवस्था रहेको माधवनारायण नगरपालिका ६ का विन्देश्वर यादवले बताए । खासगरी ग्रामीण भेगका सडकमा अहिले किसानहरु धान थ्रेसर लगाउने, बाटोमै धान र पराल थुपार्ने गरेका कारण सवारी साधनमा हिड्डुल गर्न समस्या हुने गरेको यादवले दुखेसो गरे । मान्छे र सवारी हिँडने सडकमा धान थ्रेसर लगाउने गरेको कारण बाटो हिँडनेको आँखामा धुँलो परेर हिँड्नेसमेत समस्या हुने गरेको स्थानीयको भनाइ छ ।

जिल्लाको माधवनारायण, गरुडा, गढिमाई, वृन्दावन, कटहरिया लगायत पालिकाको विभिन्न ठाउँको अति व्यस्त हुने सडकमा नै किसानले धानबाली राख्ने गरेका कारण सर्वसाधारणलाई सो बाटो भएर आवतजावत गर्न निकै समस्या भइरहेको देखिएको छ । बाटोमै धान र पराल थुपार्ने तथा थ्रेसर लगाउने गरेका कारण दुर्घटनाको जोखिम बढ्ेको भए पनि सम्बन्धित निकायले यस समस्याप्रति कुनै ध्यान नदिएको स्थानीयको गुनासो छ ।

 

Comment


Related News

Latest News

Trending News