२०७९ मंसिर १५, बिहीबार ०८:२७
धनुषा प्रहरीले अवैध सामान बरामद गरेका छन् ।
बुधबार ९ लाख ६७ हजार दुई सय ६५ रुपैयाँको चोरी निकासीको सामान बरामद गरेको हो । जनकनन्दनी गाउँपालिका १ सीमा नजिक बिक्रीका लागि लगिएको ६ लाख १२ हजार दुई सय ६५ रुपैयाँको मदिरा र विदेह नगरपालिका ६ बाट तीन लाख ५५ हजारको कपडा बरामद गरेका छन् । बरामद भएको सबै सामान जनकपुर भन्सार कार्यालयमा पठाइएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।


