उपचार खर्च अभावका कारण दुई नाबालक उपचार नपाएर छटपटाइरहेका छन् ।
रुपनी गाउँपालिका ५ बसबिटीस्थित दलित टोलका १४ वर्षीय पारस सदा र अग्निसाइर कृष्णासवरण गाउँपालिका २ का ११ वर्षीय अजय मण्डललाई रकम अभावहुँदा उपचारका लागि छटपटाइरहेका छन् । पेटको भित्री घाउले बिरामी परेका पारस विगत १० दिनदेखि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना छन् । यस्तै मेनेन्जाइटिस रोगले ग्रस्त अजय २९ दिनदेखि स्थानीय छिन्नमस्ता अस्पतालमा भर्ना छन् । अतिविपन्न परिवारका पारसको आमा बुबाको केही वर्षअघि मात्र निधन भएको थियो । उनको १३ वर्षीया बहिनी ताराले स्याहार सुसार गरिरहेका छन् । ‘डा काली प्रसाद यादवले तत्काल बाहिर लगेर पेटको शल्यक्रिया गर्न सुझाव दिएका छन्, ताराले भनिन्, खर्चको जोहो कसरी गर्ने भन्ने कुराले तनावमा परेकी छु ।’ अभिभावकविहीन उनले दाजुको जीवन रक्षाका लागि सहयोग जुटाइदिन सबैसँग आग्रह गरेकी छन् । यता अजयको बुबाको पनि निधन भएको ८ वर्ष बितिसक्यो । उनको आमा नम्रता जिवितै रहे पनि पतिवियोगमा मानसिक सन्तुलन गुमाएर गाउँघरमै भौतारिदै हिड्ने गरेकी छिमेकी मिलन चौधरीले बताइन ।
अजयको उपचारमा सहयोगका लागि पहल थालेका उनले हालसम्मको उपचारमा ३ लाख ५० हजार औषधिवापत नै खर्च भएको बताए । उनले अस्पताल परिसरमै संचालनमा रहेको औषधि पसलबाट उधारो लिएको औषधिको मात्रै ३ लाख ५० हजार रुपैया बुझाउन बाँकी नै रहेको बताए । ‘अस्पतालको शुल्कको त


