अपडेट 
२०७९ मंसिर १७, शनिबार ०६:४७

मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको मतगणना पनि अन्तिम चरणमा छ । प्रत्यक्ष र समानुपातिकतर्फका गरी दलहरुले पाउने सिट संख्या पनि लगभग पक्का भइसकेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५५ सिट र २ स्थानमा अग्रता गरी कुल ५७ सिटका साथ पहिलो पार्टी बनेको छ भन्ने नेकपा एमाले प्रत्यक्षमा ४४ सिटका साथ दोश्रो ठूलो पार्टी बनेको छ । प्रत्यक्ष र समानुपातिक दुबै गरी कांग्रेसको करिव ९० र एमालेको ७८ प्रतिनिधिसभा सदस्य हुने देखिन्छ । मधेश प्रदेशमा प्रत्यक्षतर्फ १५ स्थानमा विजयी भएर एमाले पहिलो पार्टी बनेको छ भन्ने नेपाली कांग्रेस १३ सिटका साथ दोश्रो ठूलो दल बनेको छ । समानुपातिकतर्फ भने प्रतिनिधिसभामा एमाले सर्वाधिक लोकप्रिय मत प्राप्त गरेको छ भन्ने मधेश प्रदेशमा नेपाली कांग्रेसले । २०७४ को प्रदेशसभा निर्वाचनमा मधेशमा २९ प्रदेशसभा सदस्यसहित पहिलो बनेको जनता समाजवादी पार्टी ९ सांसदमा सीमित भइ तेश्रो दल बनेको थियो,भने मसिहाहरुको हालीमुहाली रहेको लोकतान्त्रिक समाजवादी पार्टी प्रतिनिधिसभामा तीन प्रतिशतको थ्रेस होल्डसमेत कटाउन सकेको छैन । २०७४ मा २५ सांसदका साथ दोश्रो ठूलो दल बनेको लोसपा भने यस निर्वाचनमा ७ प्रदेशसभा सदस्यमा खुम्चिनु परेको छ । प्रतिनिधिसभामा रवी लामिछानेको ५ महिना पुरानो राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १४ गरी २१ प्रतिनिधिसभा सदस्य पाउने पक्का छ । जेलबाटै नेतृत्व गर्दै आएको रेशमचौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले ३ तथा मधेशमा नया“ शक्तिको रुपमा उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५ प्रतिनिधिसभा सदस्य पक्का गरेको छ । मधेश प्रदेशमा भने जनमतका उम्मेदवारहरु प्रत्यक्षतर्फ ६ स्थानमा विजयी भएका छन भने समानुपातिकतर्फ उपेन्द्र यादव नेतृत्वको जसपा भन्दा पनि अधिक मत प्राप्त गरी ५ समानुपातिक सांसद पाउने सम्भावना छ । यस प्रकार मधेश प्रदेशमा जनमतको सांसद संख्या १० भन्दा अधिक पुग्ने अनुमान गर्न सकिन्छ ।

समानुपातिकतर्फको मतपरिणाम,दलहरुले पाएको मतको विश्लेषण,क्लस्टर अनुसारको सिट संख्याको मिलान आदिमा केही समय लाग्न सक्ला तर दलहरुका शीर्ष नेताहरु संघ र प्रदेशमा सरकार बनाउने रणनीतिमा जुटिइसकेका छन् । जनमत पार्टीका अध्यक्ष सिके राउत कांग्रेस सभापति शेरबहादुर देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुसंग भेट्न भ्याएका छन् । रेशम चौधरी हिरासतमा रहेको केन्द्रीय कारागार शीर्ष नेताहरुको लागि मन्दिरसरि भएको छ । उनीहरु चौधरीसंग भेट्दै सरकारमा सहभागी हुन र सरकार बनाउन मदत गर्न अनुनय विनय गर्दैछन् । यस पटकको निर्वाचन परिणामले ठूला राजनीतिक दल र शीर्ष नेताहरुलाई अस्वीकार गरेको देखिन्छ । मतदाताहरुले दिएका मतादेशले भन्छ –‘ बाजे पुस्ता विश्राम गर । बुवा पुस्ता मार्गदर्शन देउ अनि युवा पुस्तालाई नेतृत्व गर्न देउ । आन्दोलनको ब्याज कहिलेसम्म खाई रह्ने ?’ । नभए एमालेलाई रोक्न कांग्रेस,माओवादी केन्द्र,एकीकृत समाजवादी,लोकतान्त्रिक समाजवादी पार्टी र जनमोर्चाको गठबन्धनले स्पष्ट बहुमत पाउथे नि त ? दुई दुई पटक संसद विघटन गरेर अपजस कमाएको एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी,जनता समाजवादी पार्टी र राप्रपा नेपालसहितका पार्टीहरुको गठबन्धनको पत्ता साफ हुन्थे नि त ? तर मतदाताले न कांग्रेस नेतृत्वको गठबन्धनलाई स्पष्ट बहुमत दिए न त एमाले नेतृत्वको गठबन्धनलाई बरु युवाहरुको बाहुल्यता रहेको रवी लामिछाने र उच्च शिक्षाप्राप्त सिके राउतमाथि विश्वास जनाए । अचेल २०७४ भन्दा दोब्बर स्थानमा जितेर प्रतिनिधिसभाको सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस खुसीयाली मनाउने स्थितिमा छैन । पहिलाको भन्दा आधा सिटमा झरेका नेकपा एमाले र माओवादी केन्द्र दुःख मनाउ गर्ने स्थितिमा छैनन् । पहिलो निर्वाचनमै प्रतिनिधिसभाको चौथो ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने र पहिलो निर्वाचनमै अचम्मको शक्ति बटुलेका सिके लाल उर्फिन थालेका छैनन् । समग्रमा भनौ भने २०७९ को आम निर्वाचनमा पुराना दल र शीर्ष नेताहरुको हार भएको छ । देउवा, ओली, प्रचण्ड, माधव, उपेन्द्र, महन्थ लगायतका शीर्ष नेताहरुको विलासी जीवन शैली, भाई भतिजावाद, राज्य संचालन विधि, प्रकृया आदिलाई मतदाताले मन पराएका छैनन् । यस पटकको निर्वाचनमा यदि सबैभन्दा अधिक कुनै दललाई भएको छ भन्ने त्यो हो मधेशवादी भनिएका जसपा र लोसपा ।

मधेश आन्दोलनको बलमा स्थापना भएका यी दुई दलका नेताहरु व्यक्तिगत स्वार्थपूर्तिका लागि कांग्रेस र एमालेसंगको अप्राकृतिक गठबन्धनलाई मधेशी जनताले अस्वीकार ग¥यो । मधेशी जनताको सदिक्षा थियो–‘ मधेशवादी दलहरु मिलेर भोट माग्न आओस् । उनीहरुले गरेको गल्तीलाई माफ दिउ“ला तर उनीहरु अप्राकृतिक गठबन्धन गरे । अनि मधेशी जनताले मधेशवादी पार्टीलाई दण्डित गरे ।’ तर मलाई अचम्म लाग्छ –सत्ता गठबन्धनले बहुमत नपाउँदा गठबन्धन निकट नेताहरु आत्मसमीक्षा गरेको पाइन्न । एमाले र माओवादी केन्द्र आधीमा झर्दा पनि यी दलका नेताहरुमा अलिकति पनि ग्लानी बोध छैन । नराम्ररी पछारिदा पनि जसपा र लोसपाका नेताहरुले आत्ममंथन गरेको देख्दिन । सुन्दिन । पढदिन । गल्ती स्वीकार नगर्ने,परिणामको समीक्षा र आत्मलोचना नगर्ने दल होस कि व्यक्ति भविष्यमा कहिल्यै पनि सफल नभएको अनेकौ उदाहरणहरु छन् । नेताजीहरु हो । आत्मआलोचना गर्नोस् । कारण मत परिणाम पश्चात् तपाईहरुको घैटोमा घाम लाग्नु पर्ने हो । लागेको छैन भन्ने भीडबाट झर्दै गोरुको लागि राम राम भन्न सकिन्छ । कांध थाप्न सकिन्न ।

Comment


Related News

Latest News

Trending News