२०७९ मंसिर १८, आईतवार ०७:३६

३१ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा शनिवार धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वीलचेयर, बैशाखी लगायतका विभिन्न सामग्री प्रदान गरिएको छ ।

लक्ष्मीनिया गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा अध्यक्ष भोगेन्द्र मिश्रले,‘गाउँपालिकाको सातवटै वडामा बसोबास गर्दै आएका अपाङ्गहरुको सेवा सुविधाको व्यवस्थामा ध्यान दिने प्रदिबद्धता व्यक्त गरे।’ अपाङ्गता हुनु कुनै देवी देवताको सराप होइन कतिपय मान्छे जन्मदेखि नै अपाङ्ग हुन्छन् त कतिपय दुर्घटनाले गर्दा हुन्छन् । त्यस्ता,अपाङ्गता भएका व्यक्तिहरुको लागि सरकारले अन्तर्राष्ट्रिय रुपमा धेरै सन्धिसम्झौता गरेका छन् र उनीहरुको हकहितका लागि धेरै संघ संस्थाहरु पनि लागि परेका छन् । यसैक्रममा हामीले आफ्नो नीति कार्यक्रममा प्रत्येक सरकारी सेवा दिने ठाउँ जस्तै गाउँपालिकाको कार्यालय, वडा कार्यालय लगायत विद्यालय स्वास्थ्य चौकीहरु अपाङ्ग मैत्री बनाउदै छौं, प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र यादवले जानकारी दिए । कार्यक्रममा २७ थान ह्वीलचेयर, ५० सेट बैशाखी र २० थान स्टिक सहभागी अपाङ्ग व्यक्तिहरुलाई गाउँपालिकाद्वारा प्रदान गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News