२०७९ मंसिर १८, आईतवार ०७:४९

ईलाका प्रहरी कार्यालय सिमराले लाखौँ मूल्य पर्ने मदिरासहितको गाडीलाई नियन्त्रणमा लिएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जितपुरस्थित रातोपुलबाट प्रहरीले गाडी पक्राउ गरेको छ । अमलेखगंजबाट जितपुरतर्फ जादै गरेको बा.प्र.–०३–००१च १४६९ न.को पिकअप गाडीमा करिब १ हजार ६ सय ४० लिटर घरेलु मदिरा नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए । पिकअप गाडी चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १८ का २५ वर्षीय सनम कुमार महतलाई पक्राउ गरिएको छ । बरामद घरेलु मदिराको मूल्य २ लाख ३४ हजार ५ सय २० रुपैया मुल्याङ्कन गरिएको छ । त्यस्तै, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित जगदम्बा स्टिल प्रा.लि.को पछाडिबाट अमलेखगंजदेखि जितपुरतर्फ जाँदै गरेको ना.२ ह १२०५ नम्बरको अटोमा रहेको मदिरा नियन्त्रणमा लिएको हो । १ सय ६० लिटर घरेलु मदिरासहित अटो,अटो चालक उपमहानगरपालिका वार्ड नम्बर २२ का २३ वर्षीय अमित घलानलाई पक्राउ गरिएको छ । नियन्त्रणमा लिएको मदिराको मूल्य २२ हजार ८ सय ८० रुपैया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News