२०७९ मंसिर १९, सोमबार ०७:४९

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगरमा रहेको सेस्मी ईन्टरनेशनल स्कुलमा एक दिने खाना महोत्सव सम्पन्न भएको छ ।

विद्यालयमा कक्षा ६ देखि १० मा अध्ययनरत विद्यार्थीहरुले नेपालका विभिन्न समुदायहरुमा खाने गरिएको परम्परागत खानाका विभिन्न परीकारहरु बनाइ खाना महोत्सवमा प्रस्तुत गरेका थिए । खाना महोत्सवमा विद्यार्थीहरुले मारवाडी समुदाय, पहाडी समुदाय, मधेशी समुदाय र थारु समुदायका विभिन्न परम्परागत खानाका परिकारहरु तयार गरी शिक्षक, शिक्षिका, अभिभावक तथा अतिथिहरुलाई खुवाएका थिए । विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता प्रस्फुटित गर्न र व्यवहारिक ज्ञानलाई महत्व दिन विद्यालयमा एक दिने खाना महोत्सव आयोजना गरिएको विद्यालयकी प्रधानाध्यापक आश्मा सिंह यादवले बताइन ।

कार्यक्रममा विद्यालयका संस्थापक मनोज यादव, वरिष्ठ सौन्दर्यकर्मी गुड्डी जोशी, वरिष्ठ समाजसेवी मिना देवी टिबडेवाल, नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद् सदस्य विजय कुशवाहा, थारु पत्रकार संघ पर्साका सचिव दीपेन्द्र चौधरी, मेडिकल क्षेत्रका बजार प्रतिनिधि रुपनारायण चौधरी लगायत विद्यालयका शिक्षक, शिक्षिका एवं विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

Comment


Related News

Latest News

Trending News