अपडेट 
२०७९ मंसिर १९, सोमबार ०७:५७

निटरको चयन हुन्छ । ‘लौं ! को बन्ने हात उठाउ’ भनेर निर्देशन दिनुभयो । चारजना मेरो सहपाठीले हात उठाएछन् । विद्यार्थीको सङ्ख्या सत्रहमध्ये चारजना उम्मेद्वार भएछ । चारैजनाबीच तालमेल नहुँदा मतदानको प्रक्रियाबाट मुनिटरको चयन भयो । जो सवैभन्दा बढी जोशिलो स्वरमा घोषणा गरेको थियो । उसले मात्र दुई मत पाए । अहिले नेपाली काँग्रेसमा पनि उस्तै मेरो सहपाठीजस्तै प्रधानमन्त्री बन्नका लागि स्वघोषणाको होडवाजी शुरु भएको छ । अहिले प्रधानमन्त्री बन्नका लागि गगनकुमार थापा बढी उफ्रेको देखिन्छ । प्रधानमन्त्रीको कुर्सी लिगलिग कोटको दौंड त पक्कै होइन । जो पहिले घोषणा गर्छ,उही प्रधानमन्त्री हुने हो । सामान्य रुपमा परिपक्वताको अभाव नै भन्नुपर्छ ।किनभने, समानुपातिकको नतिजापनि आएको छैन् । युवाको हातमा मुलुकको सत्ता सुम्पिनुपर्ने भनेर मुलुकमा एक किसिमले हावा चलेको छ । त्यो हावालाई आपूmतिर फर्काएर प्रधानमन्त्री बन्न खोजिएको त होइन् । गगनजी कति दिनसम्म आफ्नो अडानमा कायम रहनु हुन्छ । त्यो त दुई सातापछि थाहा हुनेछ । अहिले जुन किसिमका मुलुक गञ्जागोल अवस्थामा छन् । यस्तो अवस्थाबाट मुलुकलाई सही मार्गमा डो¥याउनका लागि सुझबुझ, दूरगामी सोच, प्रतिपक्षलाई समेत विश्वास लिएर कार्य गर्ने र अन्तर्राष्ट्रिय जगतसँग आफ्नो व्यक्तित्वको प्रभाव छोड्ने व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ । अहिले काँग्रेसभित्र रामचन्द्र पौंडेल, गगन थापा, डा. शशाङ्क कोइराला र प्रकाशमान सिँहले प्रधानमन्त्रीको लागि आ–आफ्ना अघि सार्नुभएको छ ।

देउवाले यी नेताहरुबीच तालमेल नभएको खण्डमा अन्ततः पुन प्रधानमन्त्रीका लागि दावी पेश गर्ने सम्भावनालाई नकार्न नसकिने देखिन्छ । हुन त अवको पालो डा. शेखर कोइरालाको हुनुपर्ने हो । पार्टीको चौंधों महाधिवेशनमा उहाँ आपूmलाई प्रमाणित गरिसक्नु भएको छ । काँग्रेसको चौंधो महाधिवेशनको आधारमा देउवापछि काँग्रेसमा डा. शेखरको बढी समर्थन रहेको छ । यसैबीच, डा. शेखर कोइरालाले विहीवार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने स्पष्ट जानकारी गराउनुभयो । प्रधानमन्त्रीका तपाई दावेदार हुनुहुन्छ कि पत्रकारद्वारा सोधिएको प्रश्नमा कुटनीतिक शैलीमा उहाँले काँग्रेसको संसदीय दलको वैठकले निर्णयगर्ने स्पष्ट पार्नुभयो । शेरबहादुर पाँचपटक प्रधानमन्त्री बन्नु भएकाले अव उदारता देखाउनु भएमा उहाँको छवि उच्च हुनेछ । अहिलेको परिपेक्ष्य जनता परिवर्तन खोजेको छ । तसर्थ, पार्टीभित्रका दोश्रो पुस्ताका राष्ट्रियस्तरमा पहिचान बनाएका व्यक्तिलाई प्रधानमन्त्री बनाउनुपर्छ । यसपल्टको मतदाताहरुले परिवर्तनको पक्षमा मतदान गरेका छन् । तसर्थ, काँग्रेसभित्र यस विषयमा गम्भीर रुपमा मननु गर्नुपर्ने हो । प्रधानमन्त्रीका लागि नयाँ अनुहारलाई अघि सार्नु पर्दछ ।

के काँग्रेसको नेतृत्वमा सरकार बन्छ ?

हुन त विधिवत रुपमा नयाँ सरकार गठन हुनमा कम्तिमा दुई साता लाग्नेछ । समानुपातिक मतगणना सम्पन्न भएपछि कुन पार्टीले कुन कलष्टर कति सिट पाएको भनेर नामसहित निर्वाचन आयोगलाई सार्वजनिक गर्छ । त्यसपछि, सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्छन् । तर, सरकार बनाउनका लागि यतिखेर, कसरत शुरु भइसकेको छ । अहिले, केपि ओलीले जसरी पनि सरकार बनाउनका लागि आफ्ना तीव्र रुपमा कुराकानी शुरु गरेका छन् । ओलीले केही दिनअघि प्रचण्डलाई फोनमार्फत अतीतका तिक्ततालाई विर्सेर बाम गठबन्धनको लागि आग्रह गर्नुभएको थियो । ओलीलाई आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रचण्डले समर्थन ग¥यो भने थप दलको सहयोग पाउन सहज हुन्छ । माओवादीकेन्द्र समर्थन गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन अपरिहार्य छ । राप्रपा र जसपा गठबन्धनभित्र परेकाले ओली ति दलको समर्थन पाउने विषयमा विश्वस्त छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीको जितप्रति ‘हा हू’ भनेर व्यङ्ग्य गरेकाले सो पार्टीका अध्यक्ष रवि लामिछानेले सहयोग पाउनु फलामे च्यूरा चपाउने सरह हुनेछ भने राजनीतिक विश्लेषकहरुका तर्क सुनिन्छ । यस्तो अवस्थामा बाम गठबन्धनतर्फबाट केपि ओली वा प्रचण्डको नेतृत्वमा सरकार बन्ने सम्भावना तत्काल असम्भव छ । नेपाली काँग्रेस ठूलो दल भएकाले काँग्रेसको नेतृत्वमा सरकारको गठन हुने प्रायः निश्चित छ । प्रचण्डले प्रधानमन्त्री पद छोडेपछि काँग्रेससँग राष्ट्रपति, सभामुख र केही प्रदेशमा माओवादीकेन्द्रको नेतृत्वको सरकार बनाउनुपर्ने माग अघि सार्ने सम्भावना छ । सरकार निर्माणका लागि१६६ जना साँसदको समर्थन चाहिन्छ । नेपाली काँग्रेसको समानुपातिकको समेत गरी कम्तिमा ९० जना प्रतिनिधिसभाको सदस्य सङ्ख्या पुगेको देखिन्छ । थप ७५ जनाका लागि माओवादीकेन्द्र, एकीकृत समाजवादील लोसपा र जनमोर्चाको समेत जोड्दापनि केही सिट नपुग हुनेछ । यस्तो अवस्थामा स्वतन्त्र र साना दलहरुको पनि भूमिका महत्वपूर्ण हुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन वा जनमत पार्टीको समर्थन पाएमा सहज ढङ्गले सरकार बन्ने छ । तीन चार दल मिलेर बनेको सरकार चलाउनु कुनै चानचुने कुरा पक्कै होइन् । प्रधानमन्त्री यस्तो व्यक्ति हुनु प¥यो जसले सहयोगी दललाइ विश्वासमा लिएर कार्य गर्न सकोस् । केपि ओलीको अहमताको कारण झण्डै दुई तिहाईको सरकारपनि ढल्यो र एमालेको विभाजनपनि भयो । यस्तो अवस्थामा परिपक्व नेताको नेतृत्वमा सरकार बन्नुपर्छ ।

केपि ओलीको घटनाबाट पाठ सिक्नुपर्छ नत्र, एमालेजस्तो हविगत भोग्नुपर्ने अवस्था सृजना हुन सक्छन् । राजनीतिमा पदको लागि पार्टी फोड्ने खेल हुनु सामान्य कुरा हो । तसर्थ, काँग्रेसका साँसदहरुलाई दूरगामी सोच राखेर गुटगत राजनीतिबाट माथि उठेर देश र पार्टीको हितलाई ध्यानमा राखी निर्णय लिनु पर्छ । अहिले नेपाली काँग्रेसभित्र शेरबहादुर देउवाले पुनः प्रधानमन्त्रीको लागि अग्रसर हुने भनेर सङ्केत गर्नु भएको छैन् । यो उहाँको सुनियोजित रणनीतिको रुपमा सम्झनु पर्दछ । अहिले जो जति उफ्रिएपनि काँग्रेसको संसदीय दलमा देउवाको पक्ष बलियो हुने आकलन गरिएको छ । देउवा आपूm प्रधानमन्त्री बन्न खोज्यो भने उहाँको प्रवल सम्भावना छ । यदि, देउवाको पक्षबाट डा. शेखर कोइराला केही साँसदलाई आफ्नो समर्थनमा ल्याउन सफल भयो भने डा. कोइराला सशक्त दावेदारको रुपमा प्रस्तुत हुनेछ । प्रतिनिभिसभामा काँग्रेस ठूलो द लबनेपनि समानुपातिकमा एमाले नै बढी मत पाएको छ । गत, निर्वाचनको तुलनामा कमसेकम पाँच लाख मत घटेको छ । काँग्रेसले सोचेअनुरुप प्रत्यक्षमा जित हात पार्न नसकेको हो । सो कारण पनि सम्भवतः पार्टीभित्र प्रधानमन्त्रीको चयनको समयमा सो विषय नउठ्ला भन्न सकिन्न । यसपल्ट,को निर्वाचनमा सात दल राष्ट्रिय पार्टी बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी पहिलो चोटी राष्ट्रिय मान्यता प्राप्त पार्टी बनेको हो । राप्रपाबाहेक अन्य दुई पार्टी पहिलो निर्वाचनमैं राष्ट्रिय दलको मान्यता पाउनु भनेको ठूलो उपलब्धिको रुपमा देखिन्छ । लोसपा पार्टी र एकीकृत समाजवादी पार्टी राष्ट्रिय मान्यताप्राप्त पार्टी बन्नबाट चुक्ने निश्चित छ, जस्तो बुझिन्छ । यसपल्टको निर्वाचनमा मधेश प्रदेशमा जनता समाजवादी पार्टीलाई झ्डका लागेको छ भने सो प्रदेशमा एमाले ठूलो पार्टी बन्न सफल भएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा सवैभन्दा बढी सिट जितेर एमालेले मधेशमा आफ्नो सशक्त उपस्थिति देखाएको छ । हुन त अन्य प्रदेशमा एमालेले गत निर्वाचनको तुलनामा पचास प्रतिशतको हाराहारीमा सिट गुमाएका छन् । मधेशकेन्द्रीत दलको रुपमा जनमत पार्टीको उदय भएको छ । पार्टीका अध्यक्ष डा. सिके राउतले शानदार जित हात पार्नुका साथै पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा स्थापित गर्न सफल रह्यो

उपेन्द्रको भूमिका के हुने ?

उपेन्द्र यादवले चुनावी तालमेल एमालेसँग किन ग¥यो भनेर आरोप प्रत्यारोप अहिलेपनि जारी छ । तर, उपेन्द्र यादवलाई मधेश प्रदेशमा एमाले तुलनात्मक रुपमा सशक्त अवस्थामा छन् भने भान भइसकेको थियो । निर्वाचनको परिणामलाई हेर्दा मधेश प्रदेशको प्रतिनिधिसभा र प्रदेशसभामा एमाले ठूलो पार्टीको रुपमा स्थापित भएको छ । एमालेले इमान्दारितापूर्वक जसपाको उम्मेद्वारलाई सहयोग गरेको भए जसपाको सिट सङ्ख्यामा बृद्धि हुने थियो भने एक पक्षको आकलन छ । यस्तो अवस्थामा पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्यमा पराजित भएपनि सो पार्टी पुनः राष्ट्रिय पार्टी बनेको छ । प्रत्यक्षतर्फ सात सिट जितेकाले सम्मानजनक नभएपनि सन्तोषजनक भन्ने पर्छ । प्रत्यक्षतर्फ सात र समानुपातिकबाट कम्तिमा पाँच जना छनोट भएपछि बाह्र जनाले प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने पक्कापक्की छ । सरकार गठनमा जसपा पार्टीको पनि अह्म भूमिका हुने सम्भावनालाई नकार्न नसकिने अवस्था छ । केपि ओलीसँगको गठबन्धनलाई निरन्तरता दिने हो कि सो गठबन्धनबाट अलग हुने विषयमा उपेन्द्र यादवको कुनै सार्वजनिक अभिव्यक्ति आएको छैन् । तर, पार्टीका नेताहरुले एमालेले धोका दिएको भनेर प्रतिक्रिया दिन थालेका छन् । केपि ओली सरकार बनाउनका लागि माओवादीकेन्द्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको समर्थन चाहिन्छ । प्रचण्डलाई प्रधानमन्त्रीको लागि आग्रह गरेर तान्ने प्रयास हुने अडकल शुरु भएको छ । प्रचण्ड पुनः ओलीको चक्रब्यूहमा फस्ने सम्भावना अति न्यून छ । तर, जुन किसिमले नेपालको राजनीतिमा सत्तालाई प्रमुखता दिने गरिएको छ । त्यस आधारमा कुन दलका नेता कसलाई समर्थन भन्ने विषयमा ठोकुवा गर्न नसकिने अवस्था छ । उपेन्द्र यादवलाई पुनः गठबन्धनमा फर्काउने विषयमा छलफल शुरु भइसकेको चर्चा छ । डा. राउतले शेरबहादुर देउवासँग सहकार्य गर्ने बताएका छन् । जे भएपनि उपेन्द्र यादव आपूm पराजय भएपनि सो पार्टीले सरकार गठनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

Comment


Related News

Latest News

Trending News