अपडेट 
२०७९ मंसिर १९, सोमबार ०८:०२

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एमालेसंगको समीकरण तत्कालका लागि सकिएको बताएका छन् ।

आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचनमा एमालेले केही ठाउँमा जसपालाई र जसपाले केही ठाउँमा मात्र एमालेलाई सघाएको बताए । उनले भने ‘एमालेले केही ठाउँमा हामीलाई सघाएको थियो केही ठाउँमा हामीले सघाएका थियौँ भने त्यो गठबन्धन थिएन । चुनावी समीकरण मात्रै थियो । चुनाव सकिएसँगै सबै सकियो।’ एक प्रश्नको जवाफमा उनले एमालेसंगको तालमेल चुनावसम्म मात्रै रहेको र चुनाव सकिएसँगै एमालेसँगको समीकरण तत्कालका लागि सकिएको बताए । उनले सरकारमा सहभागी हुने नहुने भन्ने बारेमा निर्णय नभएको र अहिलेको प्रतिपक्षमा बस्ने जनमत आएकाले अहिले नै के गर्ने भन्ने निर्णयमा नपुगिएको प्रष्ट गरे । संघीय सरकारमा मात्रै नभइ सात वटै प्रदेश सरकारमा पनि के गर्ने भनेर निर्णय गरेर मात्रै अगाडि बढ्ने र अब बन्ने सरकारको नीति हेरेर सत्तामा बस्ने कि प्रतिपक्षमा बस्ने भन्ने आधारमा निर्णय गरिने उनले बताए ।

Comment


Related News

Latest News

Trending News