२०७९ मंसिर १९, सोमबार ०८:११

काठमाण्डुका सुकुम्वासीले मधेशीलाई धोती भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।

काठमाण्डुका सुकुम्वासीले मधेशीलाई गाली दिएको भन्दै जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् । जनकपुरधामका युवाहरूले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न सचेतसमेत गराएका छन् । युवा अभियन्ता आदर्श मण्डलले विगत केही समयदेखि मधेशी समुदायलाई लक्षित गरी काले, मदिसे, भैया, धोतीजस्ता अपमानजनक शब्द प्रयोग हुने गरी सामाजिक सद्भावमा खलल पार्ने काम भइरहेकोले त्यस्ता काम गर्ने व्यक्तिमाथि नेपालको प्रचलित कानून बमोजिम कडा कारबाही गर्न माग गरेका छन् । मधेशी समुदायले नै देशका अधिकांश सीमा नाकाको रक्षा गरिरहेको भन्दै उनले मधेशी समुदाय देशको महत्वपूर्ण तथा गौरवशाली समुदाय रहे पनि समय–समयमा यस्ता घटनाबाट पीडित हुनुपरेकोले आगामी दिनमा यस्ता घटना नदोहोराउन चेतावनीसमेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News