२०७९ मंसिर १९, सोमबार ०८:१५

मलखादको समस्या झेल्दै आइरहेका सिराहाका किसानहरू यतिबेला धानको मूल्य नपाउँदा चिन्तित भएका छन् ।

धानबाली भित्र्याएर गहुँबाली लगाउन र घरायसी समस्या टार्न किसानाहरु धान बिक्री गर्न जाँदा धान खरिद बिक्री केन्द्र (चटी) बालाहरूले सस्तो मूल्यमा धान खरिद गर्दा कृषक मारमा परेका छन् । लहान –१३ का उपेन्द्र यादवले भने,‘किसानलाई समस्यै समस्या छ । धान उत्पादनको समयमा महँगोमा मल खरिद गर्नुपर्छ, अहिले उत्पादन गरेको धान बिक्री गर्न जाँदा सस्तो मूल्यमा बेच्नुपर्छ ।’ सरकारले कायम गरेको मूल्यमा लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अहिलेसम्म धान खरिद गर्ने सूचनासमेत प्रकाशित गरेको छैन । कृषक उपेन्द्र यादवले पोखेको चिन्ता यहाँका किसानको साझा चिन्ता हो । धानको उचित मूल्य वास्तविक किसानहरूले नपाएको नेपाल कृषक महासंघ सिराहाका अध्यक्ष प्रदीप दुनावारले बताए । सरकारले तोकेको मूल्यअनुसार जिल्लामा धान बिक्री केन्द्र स्थानीय चटीबालाहरुले धान खरिद नगरेको यादवले बताए । गाउँमा धान खरिद गर्ने बिचौलयाहरुको बिगबिगी रहेको स्थानीय बताउँछन् ।

लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वास्तविक किसानको धान खरिद गर्नुभन्दा व्यापारीहरूको धान खरिद गर्ने भएकाले सरकारले तोकेको मूल्य किसानले नपाएको कृषकको सखुवानन्कारकटि –३ का अर्का कृषक तिरपित यादवले दुखेसो पोखे । किसानलाई सहज रूपमा मलखाद र सरकारले तोकेको उचित मूल्यमा धान खरिद गर्न सम्बन्धित निकायले आनाकानी गरेमा आन्दोलन गर्ने किसानहरूले चेतावनीसमेत दिएका छन् ।

Comment


Related News

Latest News

Trending News