२०७९ मंसिर १९, सोमबार ०८:२५

पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ ओराीया खोलामा भइरहेको बालुवाको अवैध उत्खनन् र तस्करी रोक्न स्थानीयले माग गरेका छन् ।

वडा नम्बर १ का बासिन्दाले आइतबार गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाउदै ओरिया खोलामा भइरहेको बालुवाको अवैध उत्खनन् र तस्करी रोक्न माग गरेका छन् । बलुवा गाँउका नेसार समानीको नेतृत्वमा आइतबार गाँउपालिका कार्यालयमा पुगेका स्थानीयवासीले गाँउपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । ओरिया खोलामा तस्कर हरुले बालुवाको अवैध उत्खनन् गरी तस्करी गर्दै आइरहेका कारण यसले खोला छेउको खेती योग्य जग्गा मासिनुका साथै वर्षामा बाढीले मानवबस्ती नै कटानमा पर्ने भएकाले अवैध उत्खनन् तत्काल रोक्नुपर्ने उनीहरुको माग छ । ज्ञापनपत्र बुझ्दै गाँउपालिकाका कर्मचारीले यस बारेमा गाँउपालिकाले तत्कालै खोलाको स्थलगत अनुमगन गर्ने र उत्खनन् नियन्त्रणका लागि पहल गर्ने आश्वासन दिएको दिएका छन् ।

Comment

Related News

Latest News

Trending News