अपडेट 
२०७९ मंसिर २०, मंगलवार ०७:३८

जनकपुरधामका व्यवसायीहरुले लामो समयदेखि जग्गाको कित्ता काट रोकले उद्योग व्यापारमा प्रतिकूल असर पारेको तर्फ नगर प्रमुख मनोज कुमार साहलाई ध्यानाकर्षण गराएका छन् ।

‘जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा पुगेको टोलीले नगरप्रमुख साहलाई साहलाई ध्यानाकर्षण गराउँदै अविलम्व नक्सांकन गरी पठाउने व्यवस्था गर्न माग गरेका छन् ।’ जनकपुरधामको नगर क्षेत्रमा कृषि बजारको अभाव रहेकोले एकीकृत कृषि बजार स्थापना गर्नुपर्ने, जनकपुरधाम उपमहानगरपालिकाको राजश्वमा वृद्धि गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र उद्योगमैत्री वातावरण निर्माण गर्न आफ्नै औद्योगिक क्षेत्र स्थापना गर्नुपर्नेतर्फ पनि ध्यानाकर्षण गराएका छन् । त्यस्तै,जनकपुरधाम उपमहानगरपालिका प्रादेशिक राजधानीको रुपमा स्थापित भइसकेको अवस्थामा यस क्षेत्रमा ठूला स्टार होटलहरु स्थापना गर्न व्यवसायीहरु आकर्षित भएकोले परिक्रमा सडक बाहिर पर्ने गरी ठूला र व्यवसायिक भवन निर्माणमा घरको उचाई सम्बन्धी मापदण्ड हटाउने व्यवस्था मिलाउनुपर्ने, जनकपुरधाम आफैमा सांस्कृतिक नगरको पहिचान कायम राखेकोले एकीकृत वधशाला निर्माण गरी खुला रुपमा माछा, मासु बिक्री गर्ने नपाइने व्यवस्था गर्नुपर्ने, नगरभित्रको फोहोर व्यवस्थापनका लागि लामो समयदेखि सार्वजनिक महत्व र चासोको विषय ल्याण्ड फिल्ड साइट अविलम्व निर्माण गुर्नुपर्ने मागसमेत उद्योगी व्यवसायीहरुले राखेका छन् ।

साथै जनकपुरधाम बजार क्षेत्र भित्रको सडकमा गरिने पार्किङ्गलाई व्यवस्थित गरी एकतर्फि पार्किङ्ग गर्ने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरी बाहिरबाट आउने पर्यटकका लागि पार्किङ्गको व्यवस्था मिलाई जनकपुरधामका मठमन्दिरसम्मको पहुँच सहज बनाउनसमेत उनीहरुले ध्यानाकर्षण गराएका छन्

Comment


Related News

Latest News

Trending News