२०७९ मंसिर २०, मंगलवार १५:०१

सरकारले किसानको धान खरिद नगरेको भन्दै अखिल नेपाल किसान महासङ्घले आन्दोलन गर्ने भएको छ ।

गएको कात्तिक १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गर्ने औपचारिकता पूरा गरेको तर धान खरिद नगरिदिँदा किसानले सस्तो मूल्यमा निजी मिललाई बेच्न बाध्य भएको भन्दै महासङ्घले आन्दोलन गर्ने भएको छ ।

सरकारले मोटा धानको मूल्य प्रति क्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको ३ हजार १ सय २८ रुपैयाँ तोकेको छ । तर मंसिरको मध्यसम्म पनि सरकारी निकायले धान खरिद प्रकृया सुरु नगरेको कारण किसानहरु व्यापारीलाई सस्तो मूल्यमा बेच्न बाध्य भएका महासङ्घको भनाइ छ ।

यस्तै, रासायनिक मलको निरन्तर अभावले किसानले अत्यन्त कठिनाइ भोग्नु परिरहेको तर सरकार मौन रहेकोमा पनि महासङ्घले आपत्ति जनाएको छ । सरकारको  गैरजिम्मेवारपनले किसान निकै समस्यामा परेकाले तत्कालै माग पूरा गर्न महासङ्घले खबरदारी पनि गरेको छ ।

Comment


Related News

Latest News

Trending News