अपडेट 
२०७९ मंसिर २१, बुधबार ०७:३१

बौधिमाई नगरपालिका वड़ा नम्बर ८ सरमुजबामा रहेको शंकर माध्यमिक विद्यालयमा छात्रवृत्तिको रकम निकासा भएको ५ महिना वितिसक्दा पनि वितरण हुन सकेको छैन ।

विद्यालयको नाउमा नगरपालिकाले शैक्षिक सत्र २०७९/०८० को छात्रवृत्तिको रकम २ लाख ४२ हजार ८ सय रुपैया गएको २०७९ साल असारको अन्तिम सातामा निकासा पठाएको भए पनि वितरण गरिएको छैन । वड़ा अध्यक्ष विन्देश्वर राय यादवले प्रधानाध्यापक संजय जायसवाललाई विद्यार्थीहरुलाई छात्रवृत्तिको रकम वितरण गर्न पटक पटक भन्दा पनि वितरण गर्नमा आनाकानी गरेकोले स्पष्टीकरण सोधिएको बताएका छन । उनले भने वड़ा बाट कारणसहितको जवाफ पठाउन पत्राचार गरिएको छ , अहिलेसम्म विद्यालयले जवाफ नदिएको वड़ा अध्यक्ष यादवले बताए । अभिभावकहरुले गुनासो गर्दा पत्र काटिएको उनले बताए । विद्यालयमा अध्ययनरत १३७२ विद्यार्थीमा ७९७ जना लाई छात्रवृत्तिको रकम वितरण गर्नुपर्नेमा नगरपालिकाबाट ७६ हजार रकम अपुग भएकोले समस्या उत्पन्न हुने अवस्था रहेकोले रोकिएको प्रधानाध्यापक जायसवालले बताए । छात्राको संख्या ६३७ र दलित छात्र १६० रहेका छन जसमा नया विद्यार्थी पनि सहभागी भएकोले रकम अपुग भएको उनको भनाइ छ । असार महिनामा नगरपालिकामा विद्यार्थीहरुले आक्रमण गरेपछि समस्या जटिल भएको कारण रकम वितरण गर्ने अवस्था नरहेको जिकिर उनले गरे । पछि निर्वाचन , पर्व त्यौहारको कारण रोकिएको रकम अब वडा कार्यालयसंग सहकार्य गरेर वितरण गर्ने बताएका छन् । नया विद्यार्थी १९० जनको रकम न आएकोले पुरानो विद्यार्थीलाई सहकार्य गरी रकम उपलब्ध गराउने उनले प्रतिवद्धता जनाएका छन् । विद्यालयमा शिक्षकको चरम आभावको कारण माध्यमिक तहका विद्यार्थीहरुलाई अध्ययन अध्यापन प्रभावित भइरहेको छ । दरबन्दी अनुसारको शिक्षक शिक्षिका नभएको कारण विद्यार्थीहरुलाई समस्या उत्पन्न भइरहेको अवस्थामा नगरपालिकाले यसप्रति गम्भीर नभएको उनको आरोप छ

। माध्यमिक तहमा नेपाली , अंग्रेजी , विज्ञानं विषयको शिक्षक नै रहेको छैन,प्रधानाध्यापक जायसवाल र सामाजिक शिक्षक १ जना मात्र रहेको विद्यालयको विद्यार्थीहरुको भविष्य अन्धकारमा फस्दै गएको छ । ठूलो संख्यामा विद्यार्थी रहेको उक्त विद्यालयमा १३ जना शिक्षक कर्मचारी रहेका छन । माविमा २ जना राहतमा १ जना ,निमाविमा ४ र प्रावि तहमा १ जना गरी ५ जना , नीजि स्रोतबाट ३ जना शिक्षक रहेका छन ।

Comment


Related News

Latest News

Trending News