अपडेट 
२०७९ मंसिर २३, शुक्रबार १८:०६

जनकपुरधामको जिरोमाइल स्थित म्याक्सलाइफ हस्पीटलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा अस्पतालका नर्श, चिकित्सक, सञ्चालक, कर्मचारी र विरामीका आफन्त लगायत दर्जनौंले रक्तदान गरेका छन् । अस्पतालले रगत अभाव हुँदा दैनिक सैयौं जना रेडक्रसमा पुग्ने गरेको भएपनि रक्तदान गर्न अग्रसरता नदेखिएका कारण जनचेतना र रेडक्रसलाई सहयोग गर्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको अस्पतालका सिईओ किशोर कुमारले बताए ।

कुनै संस्थाको वार्षीकोत्सव वा कुनै खास दिवसको बेला मात्रै रक्तदान गर्ने आजभोली परमपरा चलेको हुनाले, अस्पतालले कुनै खास दिवस वा कारण नभए पनि रक्तदान कार्यक्रम गरेर रगत अभावको समस्या समाधान गर्न अलिकति भएपनि आफ्नो तर्फबाट प्रयास गर्न खोजेको अस्पतालका कन्सलटेन्ट गाईनोकोलेजिष्ट डा. मुरारी ठाकुरले बाउनुभयो ।

त्यस्तै, अस्पतालका डा.अभिजित साहले रक्तदान गरेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

Comment


Related News

Latest News

Trending News