अपडेट 
२०७९ मंसिर २४, शनिबार ०८:४०

विहीवारदेखि जनकपुरधाममा सुरु भएको प्रदेश स्तरीय अन्तर बैंक क्रिकेट प्रतियोगिता २०७९ को आज सेमिफाइनल र फाइनल खेल हुँदैछ ।

शुक्रबार जनकपुरधामस्थित तिरहुतिया गाछीमा सम्पन्न खेलहरुमध्ये कुमारी बैंक र कृषि विकास बैंकबीच भएको खेलमा कृषि विकास बैंकले ७.५ अभरमा २ विकेट गुमाउँदै ७९ रन बनाएर विजय भएको थियो । उक्त खेलमा कुमारी बैंकले १० अभरमा २ विकेट गुमाउदै जम्मा ७८ रन बनाएको थियो । त्यस्तै, लुम्बिनी विकास बैंक र सेन्चुरी बैंकबीच भएको खेलमा लुम्बिनी विकास बैंकले ४.४ अभरमा ३ विकेट गुमाउँदै जम्मा ६५ रन बनाई विजय भएको थियो भने सेन्चुरी बैंकले १० अभरमा ६ विकेट गुमाउँदै जम्मा ६१ रन बनाएको थियो । मेगा बैंक र सिटिजन बैंकबीचको खेलमा मेगा बैंकले १० अभरमा ३ विकेट गुमाउँदै जम्मा ७४ रन बनाई विजय भएको थियो भने सिटिजन बैंकले १० अभरमा ६ विकेट गुमाउदै जम्मा ७१ रन बनाएको थियो

। सिद्धार्थ बैंक र नेपाल राष्ट्र बैंकबीच भएको खेलमा सिद्धार्थ बैंकले १० अभरमा ६ विकेट गुमाउदै जम्मा ९५ रन बनाएर विजय भएको थियो भने नेपाल राष्ट्र बैंकले १० अभरमा ६ विकेट गुमाउदै जम्मा ७४ रन बनाएको थियो ।

Comment


Related News

Latest News

Trending News