जनकपुरधाममा तीनदिन देखि चलिरहेको अन्तरबैंक प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
शनिबार सम्पन्न फाईनल खेलमा सिभिल बैंकलाई हराउँदै कृषि विकास बैंक विजय भएको हो । कृषि विकास बैंकले १२ अभरमा ६ विकेट गुमाउँदै ९१ रन बनाएको थियो भने सिभिल बैंकले १२ अभरमा १० विकेट गुमाउँदै जम्मा ७० रन बनाएको थियो । प्रतियोगितामा सिभिल बैंकका सुनिल कुमार यादवले बेस्ट ब्याटसम्यानको उपाधि पाएका थिए भने कृषि विकास बैंकका निरज कुमार तिवारीले बेस्ट बलरको उपाधि प्राप्त गरेका थिए । त्यस्तै, म्यान अफ द टुर्नामेन्ट सिभिल बैंकका राजन कुमार साह भएका थिए । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, जनकपुर समितिद्वारा आयोजित उक्त प्रतियोगितामा कुल १८ वटा बैंकका कर्मचारीको टीम सहभागी भएका थिए । टुर्नामेन्टको मुख्य प्रायोजक प्रभु बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेको थियो ।


