२०७९ मंसिर २६, सोमबार ०८:३९

महोतरीको कान्तिबजारमा ‘सुशासनकालागि मेरो जवाफ’ नारा सहित आयोजित नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिताको उपाधि भानुभक्त एकेडेमी रामनगरले जितेको छ ।

राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सामुदायिक विकास युवा क्लब, कान्तिबजार परडियाको अयोजनामा भएको हाजिरी जवाफ प्रतियोगिताको उपाधि भानुभक्त एकेडेमीले जितेको हो । प्रतियोगितामा मदर टेरेशा किडीकन्भेन्ट स्कुल द्धितीय र जनता माध्यमकि विद्यालय भरतपुर खोर तृतीय भएका छन् । प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई कप, प्रमाण पत्र र विद्यार्थीहरुलाई मेडल, प्रमाण पत्र तथा पुरस्कार प्रदान गरिएको छ । गौशाला नगरपालिकाकी उप प्रमुख रेणु कुमारी महतोले विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि अतिरिक्त क्रियाकलापले टेवा पुग्ने भन्दै हाजिरी जवाफ प्रतियोगिता आयोजना गर्ने सामुदायिक विकास युवा क्लबलाई उप मेयर महतोले धन्यवाद दिइन ।

क्लबका अध्यक्ष सन्तोष कुमार सिंहको अध्यक्षतामा भएको हाजिरीजवाफ प्रतियोगितामा मावि रजखोर, त्रिभुवन माध्यमिक विद्यालय, मदर टेरेशा किडीकन्भेन्ट, राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजार, जनता माध्यमिक विद्याल्य भरपुर खोर, माध्यमिक विद्यलाय बहादुरगंज, मावि भेडियाहि फुलक्हा, भानुभक्त एकेडेमी रामनगर, वीरेन्द्र मावि बेलगाछी, सरस्वती मावि भन्टाबारी, मावि नवराजपुर सहभागी थिए ।

Comment


Related News

Latest News

Trending News