२०७९ मंसिर २७, मंगलवार ०८:०६

राजपुर नगरपालिका वड़ा नम्बर ३ डमार चोकमा निर्माण हुने आधारभूत अस्पतालको शिलान्यास गरिएको छ ।

संघीय सरकारको प्रत्येक स्थानीय तहमा स्वास्थ्य सेवा सहज र सबैको पहुंच हुने उद्देश्यले घोषणा गरेको आधारभूत अस्पतालको अवधारण अनुरूप १५ शैयाको राजपुर आधार भूत अस्पतालको नगर प्रमुख डा.मोहमद राजिक आलमले सोमबार एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । २६ करोड़ २६ लाख १५ हजार ४ सय ४४ रुपैयाको लागतमा निर्माण हुने तीन तल्ले आधारभूत अस्पतालको शिलान्यास कार्यक्रममा नगर प्रमुख आलमले नगरपालिकाका स्थानीय जनताको स्वास्थ्य प्रति गम्भीर भएर अघि बढ्दै गएको बताए । चिकित्सकसंग सम्वन्ध भएको नाताले स्वास्थ्यको बारेमा आफूलाई जानकारी भएको बताउँदै सबैको सहज पहुंच स्वास्थ्यमा हुनुपर्ने आफ्नो धारणा रहेको बताए ।

उनले शिक्षा , स्वास्थ्य ,एवं भौतिक पूर्वाधारको दृष्टिकोणबाट पछाडि रहेको राजपुर नगरपालिकालाई आफ्नो कार्यकालमा उत्कृष्ट र विकासोन्मुख नगरपालिका बनाउने दाबी गरे । नगर प्रमुख आलमले आधार भूत अस्पताललाई सेवा प्रवाहमा क्षेत्रीय स्तरको अस्पतालको रुपमा बनाउने बताउँदै अस्पताल निर्माण भएसंगै निर्वाचन क्षेत्र नम्बर २ को करिब १ लाख ५० हजार जनता लाभान्वित हुने बताए । विगतका निर्वाचित जनप्रतिनिधिले गर्न नसकेको कार्य गरेर स्थानीय सरकारको अनुभूति गराउने प्रतिवद्धता व्यक्त गरे ।

मेयर आलमले बुवाको योगदानलाई थप ऊर्जा प्रदान गर्ने लक्ष्य रहेको उल्लेख गर्दै निर्माण हुने अस्पताललाई सुविधा सम्पन्न अस्पताल बनाएर देखाउने बताए ।

Comment


Related News

Latest News

Trending News