अपडेट 
२०७९ पुष ६, बुधबार ०८:००

अहिले मौसमअनुसार जाडो बढेको छ । अहिले जाडो नभएकहिले होला जाडो मप्रतिमोह छ र श्रमको सम्मानगर्नुपर्ने बताइएको छ । एउटा यथार्थ यो पनिहो कि अल्छीलाई ऊर्जा आउने सम्भावनापनि यस भनाइले दिएको छ । कामगर्दा ऊर्जा प्राप्तनहुने होइन । सामान्यअवस्थामायदि कसैले निरन्तर परिश्रम गर्छ भने पसिना आउँछ । पसिनाआउनु भनेको शरीरमागर्मी हुनु नै हो । हो, अल्छीलाई बढी जाडो हुने र परिश्रमीलाई देखेर जाडो भाग्ने भन्ने भनाइप्रति ग्रामीण श्रमिक समाजअझै पनिविश्वस्त छ र व्यवहारमाप्रयोग गरिरहेको छ पनि । समयबदलिइरहेको छ । विभिन्नप्रविधिको विकास भइरहेको छ । विकासले निकै गतिलिएको देखिन्छ तर गाउँको एउटा गरिबको कथामाखासै भिन्नताआउन सकेको छैन । पछिल्लो समय कोरोना सुरु भएपछिको युगले अन्यत्र के कस्तो छ तर गाउँघरमाभने प्रभावपारेको छ । गरिबको रोजीरोटी पनिप्रभावितभएको छ ।

घर छोडेर कृषिमजदुरको रुपमाजहाँकामगर्न गएपनिगर्ने उहीश्रम नै हो । घरबाहिर पनिकामपाउनमुस्किलभएको छ । कामपाउँदापहिलेजस्तो पारिश्रमिकपाउँदैनन् । महँगी सबै कुरामा बढेको छ । महँगी वृद्धि हुनु तर ज्यालामा वृद्धि नहुनुको पीडाले दैनिकज्यालादारीमाकामगर्ने अतिनिम्नवर्गलाई सताइरहेको छ । अब जाडो धेरै बढेको छ । बिहान र बेलुकीकामगर्न निकै कठिन समय आएको छ । दिउँसो केही घन्टा कामगर्न सकिन्छ । यस्तो अवस्थामा घरपरिवार, बालबच्चा र पशुधनलाई धान्नतिनको हिम्मतले नै साथदिने हो । जाडोले सबैभन्दा बढी समस्यामा पर्ने किसानमजदुर वर्गलाई जाडोले सबैभन्दा बढी सताउने हुँदा सम्बन्धितपक्षले सम्भव भएसम्मको सहयोग गरी निमुखावर्गलाई सहयोग पुग्ने वातावरण निर्माण गरि नुपर्छ ।

Comment


Related News

Latest News

Trending News