अपडेट 
२०७९ पुष ७, बिहीबार १२:२०

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुन र चाँदीकै मूल्य बढेको छ । महासंघले आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा ५ रूपैयाँले बढेको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार रूपैयाँ कायम छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ७०० रूपैयाँ कायम थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ५ रूपैयाँले बढेको छ । महासंघका अनुसार हिजो बुधबार चाँदीको मूल्य तोलामा १४ सय रूपैयाँ थियो । जुन, आज बढेर १४ सय ५ रूपैयाँ पुगेको हो । यो महिनाको पहिलो दिन चाँदीको मूल्य तोलामा १३ सय ७० रूपैयाँ थियो ।

Comment


Related News

Latest News

Trending News