![](https://ejanakpurtoday.com/wp-content/uploads/2022/12/ezgif.com-gif-maker3-scaled.jpg)
भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए। मोडमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट तल पुगेको थियो। भारतीय सेनाले जनाएअनुसार दुर्घटना भएलगत्तै उद्धार सुरु गरिएको थियो ।