२०७९ पुष ९, शनिबार ०८:१७

रौतहटको वृन्दावन नगरपालिका– ७ सखुअवा धमौरामा प्रसूति गृह सञ्चालनमा आउने भएको छ ।

सो बर्थिङ सेन्टर अर्थात् प्रसूति गृह सञ्चालनका लागि वृन्दावन नगर प्रमुख विनोद प्रसाद कुर्मीले शुक्रबार अनुगमन निरीक्षण गरेका छन् । नगरपालिकाद्वारा निर्माण भएको उक्त प्रसूति गृह आउँदो माघ १ गतेदेखि सञ्चालनमा आउने नगर प्रमुख कुर्मीले बताए । प्रसूति सेवा नहुँदा वृन्दावन नगरपालिकाका महिलाहरुलाई सुत्केरी सेवा लिन चन्द्रनिगाहपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता छ ।

प्रसूति सेवाको अभावमा सुत्केरी गराउन कयौ महिलाको अकालमै ज्यान गुमाउनु परेको हुँदा प्रसूति गृहको अभावमा कुनै पनि महिलाको अकालमै मृत्युवरण गर्नु नपरोस भन्ने उद्देश्यले प्रसूति गृह निर्माण गरिएको मेयर कुर्मीले बताए । दक्ष प्रसूति स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिने गृह ५ सैयाको छ । संस्थामा एसबीबीएस डाक्टरले चौबिसैं घण्टा सेवा दिने उनले बताए। गृहमा एकै पटक ५ जना महिलालाई सुत्केरी गराउन सक्ने गरी सबै सुविधा उपलब्ध हुनेछ । गृहमा वृन्दावन नगरपालिकाका साथै अन्य पालिका भित्रका सुत्केरी महिलालाई समेत सेवा लिन सहज हुनेछ ।

Comment


Related News

Latest News

Trending News