अपडेट 
२०७९ पुष ९, शनिबार ०८:२९

मधेशी आयोगले प्रतिनिधिसभा सचिवालयलाई स्पष्टीकरण माग गरेको छ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहितलाई सचिवालयले मधेशी भाषामा शपथ लिन मान्यता दिएको विषयमा स्पष्टीकरण माग गरेको छ ।

भाषा आयोग तथा मधेशी आयोगद्वारा सूचीकृत नरहेको ’मधेशी भाषा’ मा शपथ लिएको भन्दै आयोगमा उजुरीहरु प्राप्त भएपछि आयोगले स्पष्टीकरण माग गरेको छ । आयोगले सो भाषामा शपथ लिन संसद सचिवालयले कुन आधारमा मान्यता दिएको भन्दै आयोगकी उपसचिव सविता डंगोलले स्पष्टीकरण माग गरेकी छन् । मधेशी भाषा औपचारिक रुपमा सूचीकृत नरहेको र सो भाषामा शपथ लिनुले अन्य विद्यमान भाषाहरुमाथि नकारात्मक प्रभाव पर्ने पत्रमा उल्लेख छ ।

‘हालसम्म भाषा आयोगबाट प्रकाशित गरिएको सरकारी कामकाजका भाषा सम्बन्धी सिफारिसहरू ०७८ र मधेशी आयोगमा मधेशी भाषा सूचीकृत अन्य भाषाहरूमाथि नकारात्मक प्रभाव परेको देखिन्छ,’पत्रमा उल्लेख गरिएको छ,‘सो सम्बन्धमा यस आयोगलाई संघीय संसद सचिवालयले कुन आधारमा मधेशी भाषामा शपथ लिन मान्यता दिएको स्पष्ट हुने गरी जानकारी गराइदिनुहुन निर्देशानुसार अनुरोध गरिएको छ । साथै प्राप्त उजुरी तथा भाषा आयोगद्वारा प्रकाशित सूचीकृत भाषाहरूको सूचीसमेत संलग्न गरी पठाइएको छ ।’ नवनिर्वाचित सांसद सीके राउतले बिहीबार मधेशी भाषामा शपथग्रहण गरेपछि उक्त भाषामा शपथ ग्रहण गर्न मान्यता दिन नहुने आयोगले जनाएको छ।

Comment


Related News