अपडेट 
२०७९ पुष १३, बुधबार ०५:४५

माओवादी केन्द्रका उप–महासचिव मातृका प्रसाद यादवले कांग्रेसको दम्भका कारण गठबन्धन भत्केको आरोप लगाएका छन् ।

उनले कांग्रेस सभापति शेरवहादुर देउवामा ओली भन्दा बढी दम्भ र अहंकार रहेको आरोप लगाउँदै पार्टी अध्यक्ष नचाहँदा चाहँदै गठबन्धन भत्काउने देउवा रहेको आरोप लगाए । पार्टी अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउने अथक प्रयास गरे पनि जोगाउन नसकिएको उनले बताए । पाँच दलीय गठबन्धन गठन भएको बेला निर्वाचनपछि पहिलो प्रधानमन्त्री प्रचण्ड हुने सहमति भए पनि कांग्रेसले अन्तिममा आएर देखाएको दम्भ र नेकपा एमालेका ओलीको लचकताले प्रचण्ड नेतृत्वको सरकार गठन भएको सह–महासचिव यादवले दाबी गरे । संसदीय दलको निर्वाचनमा देउवाले बढी मत ल्याएपछि उनमा दम्भ पलायो र उनलाई उचाल्नेहरु धेरै भएका कारण उनले विगतमा गरेका भद्रसहमति विपरीत गएको उनको आरोप छ । गठबनधनको सरकार बन्नेमा आपूm ढुक्क रहेको बताउँदै नेता यादवले आपूm अध्यक्षलाई भनेर आफ्नो गाउँ सबैला फर्किसकेको समेत बताए ।

अबको सरकारको नेतृत्व प्रचण्डले गर्ने संसारलाई थाहा भएको बताउँदै सह–महासचिव यादवले प्रचण्डलाई अलमलमा राखेर केही पनि नदिने कांग्रेसको योजना प्रचण्डले असफल तुल्याएको उनको भनाइ छ । कांग्रेसले गैर वामको सरकार बनाउने विभिन्न किसिमको छलफल गरेको योजना थाहा पाएपछि ओली र प्रचण्डले सरकार गठन गराएको उनले बताए । सह–महासचिव यादवले प्रचण्ड र ओली बालकोटमा छलफलमा रहेका बेला देउवाले ओलीलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेको खुलासासमेत गरे । देउवाले कहिले प्रचण्डलाई कहिले ओलीलाई फोन गरेर प्रधानमन्त्रीमा सघाउनुस त प्रधानमन्त्री बन्नुस भनेर प्रस्ताव गरेको उनले बताए । उनले राजनीतिमा पारदर्शिता हुनुपर्ने जिकिर गर्दै नेकपा विभाजन नभएको भए कांग्रेस तेस्रो चौथो स्थानको पार्टी हुने थियो उनले जिकिर गरे । मधेश प्रदेशमा माओवादीको पतन हुनुमा नेताहरु दोषी रहेको टिप्पणी गर्दै सह–महासचिव यादवले पहडिया नेताहरुले पार्टी भित्र मधेश प्रदेशलाई लिएर विवाद उत्पन्न गराएको आरोप समेत लगाएका छन् ।

Comment


Related News

Latest News

Trending News