अपडेट 
२०७९ पुष १३, बुधबार १५:४७

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार एक सय रुपैयाँमा कारोबार भएको हो ।

यसअघ मंगलबार सुन तोलामा १ लाख ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन तोलामा १ लाख ६ सय रुपैयाँमा कारोबार हुँदा चाँदी १४ सय रुपैयाँमा कारोबार भएको छ।   यसअघि मंगलबार चाँदीको तोलामा एक हजार ३ सय ९० रुपैयाँ कायम थियो ।

Comment


Related News

Latest News

Trending News