२०७९ पुष १४, बिहीबार ०७:१२

नेपाल राष्ट्र बैंकको चालु पूँजी कर्जा निर्देशिका तथा बैंकहरुको चर्को ब्याजदरका विरुद्ध वीरगञ्ज उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रिएको छ । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार व्यवसाय तहसनहस भएको भन्दै संघको नेतृत्वमा उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रेका छन् ।

आन्दोलनको चौथो दिन व्यवसायिक प्रतिष्ठान अगाडि चालु पूँजीकर्जा निर्देशिकाको विरोधमा नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिनुका साथै हातमा कालो पट्टी बाँधी विरोध जनाएको संघका उपाध्यक्ष हरिप्रसाद गौतमले बताएका छन् । राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः वाणिज्य बैंकहरुले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज वृद्धि तथा विभिन्न नीतिगत जटिलताका विरोधमा आन्दोलन गर्नुपर्ने बाध्यता आएको बताइएको छ । वीरगञ्ज उद्योग वाणिज्य संघबाट निस्केको ¥यालीले वीरगञ्ज नगरको परिक्रमा गर्दै राष्ट्र बैंक अगाडि पुगी धर्ना दिएका थिए । धर्ना कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेशप्रसाद लाठ, वीउवासंघका पूर्व अध्यक्ष अशोककुमार टेमानी, सचिव आशीष लाठ, होटल व्यवसायी संघका अध्यक्ष हरिपन्त, लुब्रिकेन्ट व्यवसायी संघ, पर्साका अध्यक्ष विकाश ठाकुर, नेपाल औषधि व्यवसायी संघ, पर्साका अध्यक्ष ताजुदिन अंसारी, किराना व्यवसायी संघका अध्यक्ष शंकर कुशवाहा लगायतले शीघ्र चर्को ब्याज दर चालु पूँजी कर्जा निर्देशिकाको अव्यवहारिक र निजीक्षेत्र अमैत्री प्रावधान हटाउन माग गरेका थिए ।

हाम्रो शान्तिपूर्ण विरोधलाई प्राथमिकताका साथ लिइ बैंक तथा वित्तीय संस्थाको चर्को ब्याज दर र राष्ट्र बैंकको अव्यवहारिक निर्देशिका तत्काल संशोधन गरेर उद्योग व्यापारलाई राहत दिनुपर्नेमा वक्ताहरुले जोड दिएका थिए । यस पश्चात् पनि माग पुरा नभए सशक्त आन्दोलनमा गर्ने चेतावनीसमेत दिए । विरोध कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी, व्यापारी, नागरिक समाज, कर्मचारी लगायतको उपस्थिति रहेको थियो

Comment


Related News

Latest News

Trending News