२०७९ पुष १५, शुक्रबार ०८:११

महोत्तरीमा एक युवकको शव फेला परेको छ ।

बिहीबार बिहान करिब साढे ६ बजे जिल्लाको पिपरा गाउँपालिका वडा नम्बर–५ चाँदनी चोकस्थित जनकपुरधाम–जलेश्वर सडक खण्डको कल्भर्टमा जमेको पानीमा युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरी र ईलाका प्रहरी कार्यालय सहोडवाबाट खटेको टोलीले शव फेला पारेको सूचना अधिकारी प्रहरी निरीक्षक सरोज राईले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Comment


Related News

Latest News

Trending News