अपडेट 
२०७९ पुष १५, शुक्रबार ०८:१५

जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीति समिति सदस्य अमरनाथ मण्डलले वर्तमान सरकारमा सामेल हुने वा नहुनेबारे अन्तिम टुंगो आगामी बैठकबाट मात्र लगाइने बताएका छन् ।

बिहीवार सप्तरीको राजविराजमा संचारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका छन् । “वर्तमान सरकालाई समर्थन दिए पनि सहभागिता बारे अहिले कुनै निर्णय भएको छैन, उनले भने – आगामी पुस १८ र १९ गते काठमाण्डुमा बस्ने पार्टीको राजनीति समितिको बैठकबाट मात्र सो बारे अन्तिम निर्णय लिइनेछ । मन्त्रिमण्डलमा सामेल हुन चाहने आकांक्षीहरुको सूची लामै भए पनि पार्टीले भागवण्डामा कति सिट पाउने र सो स्विकार गर्ने वा नगर्ने विषयमा अन्तिम निर्णय भएपछि मात्र मन्त्रिमण्डलमा पठाउने व्यक्तिको नाम छनोट गरिने उनले प्रष्ट गरे । वर्तमान मन्त्रिमण्डलमा शक्ति सन्तुलनको आधारमा जसपाले सम्मानजक स्थान पाउनुपर्नेमा जोड दिँदै उनले सरकारको नेतृत्व पंक्तिले समर्थन गरेका दलहरुको एजेन्डा समेटेर साझा अवधारणापत्र ल्याउनुपर्ने र जसपाले उठाउँदै आएको माग र मुद्दा त्यसमा प्राथमिकताका साथ समेटिनुपर्ने बताए । जसपा मधेश प्रदेशको प्रचार प्रसार विभाग प्रमुखसमेत रहेका उनले पार्टीको केही जिल्लामा नेतृत्व परिवर्तन हुनसक्ने संकेत पनि गरे । ‘प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएपछि अहिले विभिन्न जिल्लामा निर्वाचनको समीक्षा र भावी रणनीतिबारे बैठक र गहन छलफल शुरु भएको छ, उनले भने–समीक्षा बैठक र छलफल पश्चात आएको सुझाव उपर पनि राजनीति समितिको बैठकमा गम्भीर बहस चलाइ केही जिल्लामा नेतृत्व परिवर्तन हुनसक्ने प्रबल सम्भावना छ ।’ उनले पार्टी संगठन सृदृढीकरणका लागि केही जिल्लामा नेतृत्व परिर्वतन लगायत अन्य के कस्ता रणनीतिहरु ल्याउनुपर्छ भन्ने सवालमा आफ् नो पूर्ण समर्थन रहने भनी जसपा अध्यक्ष यादवले पनि स्पष्ट दिशा निर्देश गरिसकेको बताए । निर्वाचनमा घात अन्तर्घात गर्नेहरुलाई छानविन गरी कारबाही गर्ने योजना पनि अघि बढेको जानकारी दिँदैउनले राजनीति समितिको बैठकले यी सबै विषयको टुंगो लगाउने बताए ।

Comment


Related News

Latest News

Trending News