अपडेट 
२०७९ पुष १५, शुक्रबार ०८:४७

प्राचीन कालतिर फर्केर हेर्दा, गुरुकुल शिक्षा प्रणालीको वातावरण थियो । यस कालमा जातिको आधारमा शिक्षालाई सीमित पारेको थियो । मध्ययुगमा धार्मिक परम्परालाई शिक्षाको आधार बनाइयो । धार्मिक आस्था, विश्वास र परम्पराको संरक्षणमा शिक्षा केन्द्रित रह्यो । आधुनिक युगमा आफ्नो देश, सामाजिक माग र राष्ट्रिय आवश्यकताका आधारमा शिक्षा दिने विषयहरूको थालनी भयो । आज शिक्षा सर्वव्यापी, जीवनपर्यन्त र मानवीय अधिकारको रूपमा स्थापित भएको छ । शुरूमा गुरूकुल प्रणालीबाट विकसित हुँदै व्यक्ति, समाज, राष्ट्र र अन्तराष्ट्रिय जगतका जिम्मेवारीहरू शिक्षालाई सुम्थिएको देखिन्छ । य

सरी प्राचीन युगमा धर्मको निर्माण, मध्य युगमा दर्शनको निर्माण र आधुनिक युगमा विज्ञानको विकास गरी शिक्षालाई छुट्टै विधाको रूपमा विकसित गर्दै आएको देखिन्छ । अब शिक्षाको व्यापक अर्थतिर जाँदा, मानिकको सम्पूर्ण विकासलाई नै शिक्षाको रूपमा लिने गरिन्छ । यसलाई यसैको मिल्दो–जुल्दो वाक्यांशमा भन्दा, शिक्षा सर्वाङ्गिण विकाससँग सम्बन्धित हुन आउँछ । यसैलाई शिक्षा दार्शनिक ज‘ान लॉकले यसरी भनेको छन् : “जीवन शिक्षा हो र शिक्षा नै जीवन हो ।” यसलाई विश्लेषण गरेर हेर्दा अमानवीय जीवनबाट मानवीय जीवनमा ल्याउने काम शिक्षाले गर्दै आएको छ । शिक्षाबिना मानिसलाई पशुसरह मानिन्छ । यहाँ मैले शिक्षालाई जीवनसँग जोडेर देखाउन खोजेको छु । शिक्षाविना कुनै मानिस, समाज र देशले विकासको कल्पना गर्न सक्दैन । यसरी नेपालतिर फर्केर हेर्दा राणाकालमा जनता शिक्षा लिनबाट बंचित थिए । २००७ सालको आन्दोलन पश्चात शिक्षामा तीब्रता आयो । पंचायतकालमा पनि शिक्षा अगाडि बढ्दै आएको देखियो । देशमा विद्यालय, कॉलेज तथा विश्वविद्यालयहरू खुल्दै आए । नेपालको भौगोलिक विकटताले गर्दा पहाडभन्दा तराई–मधेसमा शिक्षा सख्यात्मक रूपले शैक्षिक संस्थाहरू बढी खुलेका देखिए । त्यसबेला शिक्षक, पाठ्यक्रम, भौतिकसाधन तथा शैक्षिकसामाग्रीको अभाव थियो । भारतीय शिक्षकहरूलाई आग्रह गरेर नेपालमा भित्राइए, जसले लगभग नेपालका अधिकांश भागमा प्रवेश गरेर शिक्षाप्रदान गर्नथाले । जे भए पनि त्यसबेलाको शिक्षा र आजको शिक्षामा निकै भिन्नता देखिन्छ । हिजो शैक्षिक प्रमाणपत्रमा शिक्षकहरू कमजोर भए पनि भित्रबाट बलियो देखिन्थे । उनीहरूसँग गुणस्तरीयता थियो । उच्च शिक्षाको रूपमा त्रिभुवन विश्वविद्यालयको स्थापना २०१६ सालमा भयो । त्यसपछि देशभित्रै शिक्षाका सबै प्रक्रियाहरू सम्पन्न हुन थाले ।

नयाँ शिक्षा योजना–२०२८ ले शिक्षामा एउटा नयाँ रूप दिएर राष्ट्रियतासँग शिक्षालाई जोडेर अगाडी बढेको देखियो । त्यसपछि नेपालका विभिन्न सेक्टरमा चाहिने जनशक्तिहरू आफ्नै देशभित्र उत्पादन हुन थाले । नेपालीहरू आफ्नै देशभित्र इच्छानुसारका शिक्षा प्राप्त गर्ने अवसर पाउन थाले । अहिले देशभित्र हजारौं विद्यालय, सैकडौ क्याम्पस तथा अनेकौं विश्वविद्यालयहरू नियमित रूपमा संचालित छन् । निम्नशिक्षादेखि उच्चशिक्षासम्मका शिक्षा आफ्नै देशमा उपलब्ध छन् । पहाडभन्दा तराईमा सुविधाको हिसाबले निकै सजिला छन् तरपनि तराई÷मधेस तथा पहाडको तुलना गर्दा हामी मधेसी निकै पछाडी पर्दै आएका छौं । विगतमा टाढा टाढाका मानिसहरू तराईका विभिन्न शैक्षिक संस्थाहरूमा शिक्षा आर्जन गर्न आउँथे र यहाँबाट दीक्षित भएर फर्कन्थे । तर अहिले विस्तारै उल्टो हुँदै आएको देखिन्छ । मधेस र पहाडलाई शिक्षाको क्षेत्रमा तुलना गर्दा अहिले मधेसको खस्ँिकदो अवस्था छ भने पहाडको उक्ँिलदो अवस्था छ । साक्षरतामा मधेसभन्दा पहाड निकै अगाडि छ । केन्द्रीय तथ्याङ्क विभागबाट प्रकाशित पुस्तक ‘पपुलेशन मोनोग्राफ अफ नेपाल’ ले २०११ मा लिएको तथ्याङ्क अनुसार हेर्दा मधेसका लगभग सबै जिल्ला निकै पछाडि देखिन्छन् । तथ्याङ्कलाई विश्लेषण गर्दा काठमाण्डौ १९९१ देखि २०११ सम्म प्रथम श्रेणी (प्रथम रैंक) मै रहेको देखिन्छ । यसपछि क्रमशः ललितपुर, कास्की, भक्तपुर, इलाम रहेका छन् । यिनीहरूका साक्षरता प्रतिशत क्रमशः ८२.७, ८२.६, ८१.७ र ७८.३ रहेका छन् । यी जिल्लाहरू शिक्षामा प्रगतिको हिसाबले उच्चतम् स्थान प्राप्त गरेका छन् । तराईका २० जिल्लामध्ये सबैभन्दा उच्चतम् स्थानमा चितवन रहेका छन् ।

चितवन भूगोलको हिसाबले तराईक्षेत्रमा परेपनि यसको गणना पहाडी जिल्लामा आउँछ । यहाँका अधिकांश बासिन्दा पहाडी मूलका नै छन् । यसको साक्षरता श्रेणी छैठौं स्थानमा रहेको छ । यस बाहेक झापाको श्रेणी नबौं स्थानमा छ । यस जिल्लामा पनि अधिकांस बासिन्दा पहाडी मूलका मानिसहरूले गर्दा यिनीहरूका साक्षरता श्रेणी उच्च देखिन्छ । यस्तै क्रमशः कञ्चनपुर, नवलपरासी, मोरङ्ग, दाङ्ग, रूपन्देहीको स्थान देखिन्छ । यिनीहरूका श्रेणी क्रमशः २३, २४, २५, २६ र २७ सौं रहेका छन् । अर्थात २२ वटा पहाडका जिललाहरू यी जिल्लाहरूभन्दा माथि रैङ्कमा परेका छन् । यसपछि क्रमशः सुन्सरी, कैलाली, बर्दिया, बाँके, पर्सा, कपिलबस्तु र सप्तरी रहेका छन् । यिनीहरूका रैङ्किग क्रमशः ३३, ४१, ४९, ६२, ६३ र ६५ मा स्थानमा छन् । यिनीहरूका साक्षरता प्रतिशत क्रमशः ६८.९, ६७.०, ६५.९, ६३.१, ५६.५, ५५.७ र ५४.९ रहेका छन् । यी जिल्लाहरु सुविधा प्राप्त जिल्ला भए पनि शिक्षाको स्तर निकै खस्किदै आएको देखिन्छ । यस्तै तराईका अन्य जिल्लाहरूका रैङ्कलाई हेर्दा क्रमशः बारा, धनुषा, सिरहा, महोत्तरी, सर्लाही तथा रौतहट रहेका छन् । यी जिल्लाहरूका रैङ्किङ स्तरलाई हेर्दा निकै पछाडि परेका छन् । यिनीहरूलाई रैङ्किङमा राख्दा क्रमशः ६८, ७०, ७१, ७३, ७४ र ७५ रहेका छन् । साक्षरता प्रतिशत क्रमशः ५२.५, ५०.९, ५०.७, ५०.७, ४७.०, ४६.८ तथा ४२.३ छन् । तराईका शैक्षिकस्तर कर्णालीभन्दा पनि कमजोर हुँदै आएको देखिन्छ । रैङ्किङ स्तरमा तराईका बारा, धनुषा, सिरहा, महोत्तरी, सर्लाही र रौतहटका शिक्षास्तर निकै कमजोर देखिन्छ । यी जिल्लाहरूमा शिक्षाको व्यवस्थापन निकै कमजोर छ । शिक्षालाई कसरी व्यवस्थापन गर्नेभन्दा कसरी विद्यालयबाट बढी तान्न सकिन्छ भने मानसिकताले शिक्षाको स्तरलाई बढाउनु भन्दा खस्काइ रहेको हेर्न सकिन्छ । मधेस तराईको शैक्षिक स्तरलाई उठाउन यहींका मानिसहरूलाई अगाडी बढ्नुपर्ने हुन्छ । शिक्षाको स्तर उठ्न सकेन भने दिनदिनै हामी राज्यका सबै निकायमा कमजोर हुँदै जानेछौं । यसमा सम्भवतः सबै शिक्षा विद्हरूका विचार मिल्दो जुल्दो देखिन्छ । अर्कोतिर जनसंख्याको हिसाबले यी २० जिल्लाहरू नै ५० प्रतिशत भन्दा बढी ठाउँ ओग्टेका छन् ।

यिनीहरूका शैक्षिक स्तर किन कमजोर भयो । यसमा सरकारको मात्रै कमजोरी रहेको देखिँदैन । समुदाय, समाज, स्थानीय निकाय, प्रादेशिक तथा संघीय सरकार र संघसंस्था सबैका कमजोरीलाई हेर्न सकिन्छ । सरकार गाउँसम्म स्कूल र शिक्षक पु¥याइ दिएको छ । यसलाई व्यवस्थापन गर्ने काम स्थानीय जनताको हातमा छ ? हामी जबसम्म शैक्षिक संस्थालाई राजनीतिभन्दा पर राख्दैनौ तबसम्म जेगरे पनि शैक्षिक व्यवस्थापन चुस्त दुरूस्त हुन् सक्दैन । अहिले शिक्षाको स्तर यतिसम्म तल झरेको छ कि तराईका विद्यार्थीहरू शिक्षक, कर्मचारी, डाक्टर, इन्जिनियर लगायत अन्य निकायमा समेत नाम विकाल्न सकिराखेका छैनन् । मधेसी, दलित, थारु, मुस्लिम, पिछिडिएका समुदायका कोटामा नाम निकाल्न नसक्दा खाली जान्छ । लाजमर्दो कुरा रहेछ । यति मात्र कहाँ हो र ! भोली आफूले पाएको प्रमाणपत्र अरूबाट नै पढाएर बुझ्नु पर्ने हुनसक्छ । अहिले विद्यालय तथा क्याम्पसका सांगठनिक रूपलाई हेर्दा सरकारी तथा निजी रूपमा बाँटिएका छन् । निजीको सम्पूर्ण जिम्मवारी सम्बन्धित संस्था÷व्यक्ति विशेषलाई दिएको छ भने सरकारी स्कूल/कॉलेजको जिम्मा सरकार आफ्नै जिम्मामा राखे पनि हाल स्थानीय निकायको जिम्मामा छोडेको छ । स्थानीय निकायमा गएको दिनदेखि विद्यालय/क्याम्पसहरूको अवस्था दिन प्रतिदिन बतर हुँदै आएको देखिन्छ । अहिले यिनीहरूको अवस्था यति कमजोर भैसकेको छ कि आफैले पढाएको कुरामा आफै विश्वास रहेको देखिँदैन । उदाहरणको रूपमा सरकारी विद्यालयमा पढाउने शिक्षकहरूका छोराछोरी सबै निजी विद्यालय अर्थात बोर्डिङ्ग स्कूलहरूमा छन् । निजी विद्यालयहरू सेवाभन्दा व्यावसायिक रूपले बढी ओतप्रोत छन् । नाफा नोक्सानलाई मूल आधार बनाएर संचालन गरेका छन् । बोर्ड परीक्षाहरूमा समेत राम्रा नतिजा ल्याउन जे जस्तो तल्लातहका कामहरू गर्न पछि परेका हुँदैनन् । तराईको शिक्षालाई सुधार्न स्थानीय निकाय, प्रादेशिक सरकार तथा संघीय सरकार समेत नलागीकन सुधार हुनेबाला छैन ।

लगानीको हिसाबले आउने प्रतिफल जिरोभन्दा माथि उठ्न सकेको देखिँदैन । अबपनि सुधारमा चुक्दै गयौं भने भोलिका सन्ततीहरू कस्ता हुने हो अनुमान गर्न सकिन्छ । चुरेश्रृखला नजिकमा रहेका पहाडीक्षेत्रका स्कूलहरूमा मधेसी विद्यार्थीहरू भरिभराउ छन् । मानिसहरू आफ्ना छोराछोरीलाई गुणस्तरीय शिक्षादिन चाहन्छन् । जहाँ गुणस्तरीय शिक्षा भेटछ, स्वभाविक रूपले त्यहाँ मानिस जान्छ् । आजभन्दा ३०–४० वर्ष अघिसम्म तराईको शैक्षिकस्तर त्यति खस्केको थिएन । यसै दशकहरूमा विस्तारै शिक्षाको स्तर निकै तल्लो स्तरसम्म आइसकेको हुनाले विस्तारै मानिसहरू पहाडी क्षेत्रमा आ–आफ्ना बालबच्चाहरूलाई पठाउन थाले । ५०–६० वर्ष अघि तराईका शैक्षिकस्तर उच्च थियो जसले गर्दा पहाडका विद्यार्थीहरू शिक्षा लिन तराई झर्थे । उदाहरणको रूपमा जनकपुर, सिरहा, राजविराज, विराटनगर, भद्रपुर, वीरगंज, बुटबल, नेपालगञ्ज, महेन्द्रनगरका क्याम्पसहरूमा यस्ता विद्यार्थीहरू भरिभराउ हुन्थे । अहिले पहाडका शैक्षिक संस्थाहरू भरिभराउ हुँदैछन् । प्राचीन जनकपुर, विराटनगर, लुम्बिनीलाई हेर्दा आर्यावत क्षेत्रमा यिनीहरूको नाम चलेको थियो । मिथिलाको जनकपुरमा राजा जनकका दरबार विद्वान ऋषिमुनिबाट भरिभराउ हुन्थे । उता लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम विश्वलाई नै दीक्षित बनाएका थिए । त्यस्तै राजा विराटको दरबार महाभारत कालमा उच्च स्तरीय शिक्षा थियो । पाँडवहरू द्रौपदीसहित वहाँ कहाँ नै १ वर्ष अज्ञातबास बसेका थिए । आज वहाँहरूकै सन्तान हामी के गरिरहेका छौं । जसबाट आ–आफ्ना छोराछोरीहरूलाई विश्वास त परै जाओस्, देशभित्रै पनि कहिंकतै चुनौतीलाई स्वीकार्न तयार छैनन् । दुर्भाग्य छ, भोलि हाम्रै संतानले हामीलाई दुतकार्न बेर लाग्दैन । निष्कर्षमा के भन्न सकिन्छ भने शिक्षा मानिसलाई मानव बनाउन मद्दत गर्छ । शिक्षा विना मानिसको चरित्रमा सुधार आउन सक्दैन ।

चरित्र निर्माण हुन सकेन भने यो भन्दा ठूलो अधोगति के हुन सक्छ । मानिसको सबैभन्दा ठूलो धन चरित्र नै हो । शिक्षाबिना चरित्र बन्दैन । तराईको अवस्थालाई सुधार्न सबैले लाग्नु पर्छ । आफ्नो ठाउँलाई हामी नै सुधार्ने हो । गुणस्तरहीन शिक्षाले केही दिन सक्दैन । अहिले समाज, देश, महादेशसम्ममात्र चुनौति सीमित छैन । विश्वमंचमा जानलाई विश्वस्तरकै शिक्षा हुनु पर्छ । यसैलाई मनन गरी शिक्षालाई खस्नबाट समयमै रोकौं । छोराछोरीलाई गुणस्तरीय शिक्षाबाट वंचित नगरौं । आजको माँग पनि यही हो । इतिश्री ।

Comment


Related News

Latest News

Trending News