अपडेट 
२०७९ पुष १६, शनिबार १८:५५

पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा जनकपुर रोयल्सले विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो । विराटनगरका लागि हुसेन तलतले सर्वाधिक ४२ रन बनाउँदा प्रदिप सिंह ऐरीले अविजित ३६ रन बनाए । गौराशुं शर्मा ३३ रनमा आउट भए ।

जनकपुरका लागि शमिउल्लाह शिनवारीले ३ तथा  ललित नारायण राजवंशीले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो । जनकपुरको लागि समिउल्लाह शिनवारीले सर्वाधिक रन बनाए । उनले ४० बलमा ६ चौका र ६ छक्काको सहयोगमा रनमा ७८ अविजित रहे ।

यस्तै चाल्डिक वाल्टनले २९ रन बनाए ।  यस्तै सन्दिप जोरा २० रन, ट्राभिन ग्रेफिथले १९ रन बनाए । खडक बोहोरा १२ रनमा अविजित रहे ।

विराटनगरको लागि हुसेन तलत र सूर्य तामाङले समान २–२ विकेट लिए । नन्दन यादवले १ विकेट लिए । पाँच खेल खेलेर ४ जित हात पारेको जनकपुर ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

पाँच खेल खेलेर दुई जित हात पारेको विराटनगर २ अंकका साथ अंक तालिकाको चौथो स्थानमा रहेको छ । लिगमा काठमाण्डौ नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

Comment


Related News

Latest News

Trending News