अपडेट 
२०७९ पुष १७, आईतवार १४:५१

नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा काठमाण्डाै नाइट्सले जनकपुर राेयल्सलाई हराएकाे छ । आज (आइतवार) त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा काठमाण्डाैले जनकपुरलाई ९० रनले हरायाे ।

काठमाण्डाैले दिएकाे एक सय ८१ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १९ ओभर १ बलमा ९० रन बनाउँदा अलआएट भयाे । जनकपुरका लागि शरफुद्दिन अशरफले सर्वाधिक ३७ रन बनाए । जनकपुरलाई कम रनमै राेक्न काठमाण्डाैका अविनाश बाेहराले ३ ओभर १ बलमा १३ रन दिँदै चार विकेट लिए । यस्तै अजमतुल्लाह ओमरनाईले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा छ विकेट गुमाएर एक सय ८० रन बनायाे । काठमाण्डाैका लागि सुनम गाैतमले ६२ र रायन बर्लले ६१ रन बनाए । बलिङतर्फ जनकपुरका जीतेन्द्र मुखियाले तीन विकेट लिए ।

याे जितसँगै काठमाण्डाै पाँच खेलमा छ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा छ । छ खेल खेलेकाे जनकपुर आठ अङ्कसहित दाेस्राे स्थानमा छ ।

Comment


Related News

Latest News

Trending News