२०७९ पुष १९, मंगलवार ०९:१७
गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा ४० लाख मूल्य बराबरको ल्याव सामग्री हस्तान्तरण गरिएको छ । गौशाला नगरपालिका वडा नं. ४ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई सो सामग्री उपलब्ध गराइएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट अनुदानमा प्राप्त ल्याब सामग्रीहरु स्वास्थ्य केन्द्रका इन्चार्ज पूजा साहलाई गौशाला नगरपालिकाका नगर प्रमुख डा.दीपेन्द्र महतोले हस्तान्तरण गरेका छन् । यी सामग्रीसंगै अब गौशालामा अधिकांश रोगको ल्याव परीक्षण गर्न सक्ने नगरप्रमुख महतोले बताएका छन् । यस अघि गुणस्तरीय ल्यावको अभावमा यसक्षेत्रका जनताले महंगोमा ल्याव परीक्षण गर्दै आएका थिए ।


