२०७९ पुष २०, बुधबार ०८:४५

मधेश प्रदेशसभाको बैठक माघ पहिलो साता बस्ने भएको छ ।

पहिलो अधिवेशनको दोस्रो बैठक माघ २ गतेका लागि आह्वान गरिएको छ । पहिलो बैठक ज्येष्ठ सांसद गोविन्द बहादुर न्यौपानेलाई सभामुखको जिम्मेवारी दिइ गत सोमबार बसेको थियो । सभामुख पदको लागि यही पुस ३० गते मनोनयन दर्ता हुने मिति तोकिएको छ । माघ २ गते बस्ने बैठकमा उम्मेदवारको प्रस्तावलाई प्रदेशसभामा निर्णयार्थ पेश हुने प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए । उनका अनुसार प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेको १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानूनी प्रावधान छ । सभामुख चयन नभएकोले सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित ७१ वर्षीय ज्येष्ठ सदस्य न्यौपानेले प्रदेशसभाको अध्यक्षता गर्दै आएका छन् । सभामुख चयन हुनुभन्दा अगावै संसदमा प्रतिनिधित्व गर्ने पार्टीहरुले दलको नेता चयन गरिसकेका हुन्छन् । हाल सम्म नेपाली काँग्रेस र जनमत पार्टीले मात्रै दलको नेता चयन गरेका छन् । अन्य दलहरु नेता चयन गर्ने प्रक्रियामा छन् । दलको नेता चयन भएपछि सरकार गठनको प्रक्रिया पनि शुरु हुनेछ ।

Comment


Related News

Latest News

Trending News