२०७९ पुष २१, बिहीबार ०७:४६

संघ,प्रदेश र स्थानीय तहका अधिकृत तथा सहायक स्तरका कर्मचारीहरुका लागि ३० दिने सेवाकालीन तालिम बुधबार सम्पन्न भएको छ ।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र मुजेलियाको आयोजनामा सम्पन्न भएको सो तालिममा सहभागी सातौं र आठौं तहका ३५ जना कर्मचारीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । केन्द्रका लेखा अधिकृत जीतेन्द्र प्रसाद यादवले दिएको जानकारी अनुसार प्रदेश तथा स्थानीय तहमा कार्यरत सातौं तथा आठौं तहका कर्मचारीहरुको क्षमता अभिवृद्धि सेवा प्रवाहमा गुणस्तरीयता तथा नागरिकलाई मैत्रीपूर्ण वातावरणमा सेवा प्रवाह गर्ने लगायतका विषयमा दक्षताका लागि प्रशिक्षण दिइएको छ । तालिममा प्रशासनिक तथा प्राविधिकतर्फका कर्मचारीहरुको सहभागिता रहेको थियो भने स्थानीय तहका सव ईन्जिनियरहरुको सहभागितासमेत रहेको थियो ।

तालिमले संघ,प्रदेश तथा स्थानीय तहमा नागरिकलाई चुस्त दुरुस्त सेवा प्रवाह गर्न र कर्मचारीको कार्य सम्पादनमा ठूलो सहयोग पुग्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको थियो ।

Comment


Related News

Latest News

Trending News