२०७९ पुष २४, आईतवार १५:५३

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन कुनै समस्या नभएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डसहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र यादवसहित तीन जनाको भेटका विषयमा बोल्दै यादवले आफ्नो पार्टीबाट विश्वासको मत दिने बताए ।

‘हामीले प्रधानमन्त्रीज्यूलाई विश्वासको मत दिन्छौं । त्यसमा कुनै समस्या छैन । हामीले मात्रै होइन अरु दलले समेत विश्वासको मत दिन्छन्’ यादवले भने, ‘सबै दलले विश्वासको दिने भएकाले सजिलै प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ ।’

प्रधानमन्त्रीसँग मिलाउनुपर्ने अरु विषयहरु आपसी सहमतिमा छलफल गरेर टुंगो लगाउने यादवले बताए । एकीकृत समाजवादीले समेत प्रधानमन्त्रीलाई विश्वासको मत दिने संकेत गरेका छन् ।

https://www.youtube.com/watch?v=jLJTMr9VCf4&t=7s

Comment


Related News

Latest News

Trending News