अपडेट 
२०७९ पुष २४, आईतवार १६:५९

जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिगको फाइनल प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले जनकपुरसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनायो ।

जनकपुरका लागि सामिउल्लाह सिनवारिले सर्वाधिक ४५ रन योगदान गरे । उनले ३१ बलमा २ चौका र तीन छक्का प्रहार गरे । ओपनर शरार्फुदिन असरफ २४ रनमा आउट हुँदा कप्तान ट्रेभोन ग्रिफितले १० रन जोडे ।

राजश पुलामी १३ रनमा आउट हुँदा पवन शर्राफ ३० रनमा अविजित रहे । त्योबाहेक जनकपुरका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका कप्तान दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले समान दुई विकेट लिए । भने, शेड्ली भान स्केल्कवेले एक विकेट लिए ।

Comment


Related News

Latest News

Trending News